नेपाली भूमीबाट विदेशी सेना फिर्ता पठाउन सक्षम छौंः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । युवा संघले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले नेपाली भूमीबाट विदेशी सेनालाई फिर्ता पठाउने बताएका हुन् ।

उनले कालापानीमा भारतीय सेना अघिल्लै शताब्दीमा बसेको बताए । प्रधानमन्त्रीले सरकार भारतसँग सम्वाद गर्न सक्ने हैसियतमा रहेको भन्दै संवादबाट समस्या समाधान गर्न सकिने बताए ।

नक्सा सच्याउनु भन्दा भूमि फिर्ता लिनु मुख्य विषय भएको भन्दै उनले सरकारले आफ्नो भूमि फिर्ता ल्याउने बताए । उनले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताए ।

नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै प्रधानमन्त्रीले राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए ।

उनले केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

काठमाडौँ । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको गहिरो मित्रवत् सम्बन्ध

पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व

सुशासनका नाममा सारा सूचना दिने हो भने मुलुकलाई थितिमा बसाउँदैनः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताएका छन्

कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार