यी हुन् युवा सङ्घका जिल्ला संयोजक र सहसंयोजक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसम्बद्ध राष्ट्रिय युवा संघ नेपालले जिल्ला नेतृत्वको टुंगो लगाएको छ । ७७ वटै जिल्लामा संयोजक र सहसंयोजक चयन गरेको युवा संघले यही कात्तिक ३० गते काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण र मंसिर १ गते राष्ट्रिय भेलासमेत आयोजना गरेको छ ।
७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र वाईसीएलले ३५ जिल्ला संयोजक पाएका छन् । त्यस्तै, वाईसीएलले ४२ जिल्ला इञ्चार्ज र युवा संघले ३५ जिल्ला इञ्चार्ज पाएका छन् ।