‘प्रधानमन्त्री ज्यू, भारतीय पक्षले मिचेको भूमि फिर्ता नलिए नेपाली जनताले माफी दिँदैनन् नि !’



काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन् ।

भारतीय पक्षले सीमा मिचेको विरोधमा आइतबार काठमाडौंमा आयोजित विरोध कार्यक्रममा महासचिव मैनालीले कालापानीलगायतका नेपाली भूमि भारतले मिचेको प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै ती समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई गम्भर भएर लाग्न आग्रह गरे ।

उनले दुई मुलुकबीचको सीमा समस्या समाधान अब पनि नगरे नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारलाई पनि अस्विकार गर्ने चेतावनी दिए ।

महासचिव मैनालीले विज्ञहरुले पटक पटक दिएको सुझावलाई ध्यानमा राखेर सरकारले भारतसँगको सीमा समस्या समाधान गर्नुपर्ने बताए । काठमाडौंको प्रदर्शनीमार्गबाट सुरु भएको विरोध प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सम्पत्ति शुद्धीकरण मुद्दा गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र चार करोड भन्दाबढी जरिवानाको फैसला

काठमाडौं । विशेष अदालतले सेयरको भित्री कारोबारको अभियोगमा दोषी ठहर भएका गुरुप्रसाद न्यौपानेलाई

इरान र इजरायललाई अधितकतम संयम हुँदै वार्तामार्फत समाधान खोज्न नेपालको आग्रह

काठमाडौं । नेपालले इरान र इजरायललाई वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा ल्याउन सफल भएको एमालेको दाबी

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान

एक महिनामा स्वास्थ्यबाट ६४ करोड र भौतिक पूर्वाधार मन्त्रालयको ४८ करोड ८६ लाख रकमान्तर

    काठमाडौँ । अर्थ मन्त्रालयले खर्च हुन नसकेको आयोजनाबाट रकमान्तर गर्ने, कार्यक्रम