‘प्रधानमन्त्री ज्यू, भारतीय पक्षले मिचेको भूमि फिर्ता नलिए नेपाली जनताले माफी दिँदैनन् नि !’



काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन् ।

भारतीय पक्षले सीमा मिचेको विरोधमा आइतबार काठमाडौंमा आयोजित विरोध कार्यक्रममा महासचिव मैनालीले कालापानीलगायतका नेपाली भूमि भारतले मिचेको प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै ती समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई गम्भर भएर लाग्न आग्रह गरे ।

उनले दुई मुलुकबीचको सीमा समस्या समाधान अब पनि नगरे नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारलाई पनि अस्विकार गर्ने चेतावनी दिए ।

महासचिव मैनालीले विज्ञहरुले पटक पटक दिएको सुझावलाई ध्यानमा राखेर सरकारले भारतसँगको सीमा समस्या समाधान गर्नुपर्ने बताए । काठमाडौंको प्रदर्शनीमार्गबाट सुरु भएको विरोध प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘राजतन्त्रवादीहरुलाई विदेशीहरुले दिइरहेको टेको पुडोको भण्डाफोर गरौं’

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुनै स्वदेशी, विदेशी षडयन्त्र र प्रपञ्चबाट गणतन्त्रलाई कसैले

त्रिवि पदाधिकारीको अफिस तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई किन हुँदैन ?

-सुमना श्रेष्ठ । म शिक्षाका चार विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबाट जवाफ चाहन्छु ।

समयमा काम नगर्ने नौ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

नेपाल इयूको सुरक्षा सूचीबाट छिट्टै हट्ने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. विनोदप्रकाश सिंहले नेपाल