सीमा अतिक्रमण नेपालले स्वीकार गर्दैन, समस्या समाधान गर्छौंः परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको अनुपस्थितिको फाइदा उठाउँदै भारतले कालापानी क्षेत्र अतिक्रमण गरेको बताएका छन् । पार्टी निकटको अनेरास्ववियुले भारतले मिचेको कालापानी क्षेत्र फिर्ताका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

‘सीमित साधन, स्रोत र प्रविधिका सीमाहरुको फाइदा उठाउँदै भारतले नेपालको भूमिमा अतिक्रमण गरेको हो’, उनले भने, ‘विगतमा स्रोतको अभावका कारण अनुगमन हुन सकेन। अहिलेको विवाद इतिहासले बिरासतमा बोकाएको समस्या हो।’

मन्त्री ज्ञवालीले भारतसँग नेपालको १२ सय किलोमिटर जमिनमा आधारित सीमा रहेको बताउँदै ६ सय किलोमिटर नदीको प्रवाहमा आधारित रहेको उल्लेख गरे । मन्त्री ज्ञवालीले नेपाली भूमिहरु नवलपरासीको सुस्ता र दार्चुलाको कालापानीमा भएको अतिक्रमण भारले २२ वर्षअघि नै स्वीकारेको तथ्य खुलाए ।

‘कालापानी र सुस्ता विवादमा भारतका प्रधानमन्त्री आईके गुजरालले २२ वर्षअघि नै अतिक्रमण भएको स्वीकार गरेका थिए’, उनले भने, ‘प्रधानमन्त्रीले नै स्वीकारिसकेको विषयलाई अहिले भारतले नक्सामै राख्नु आपत्तिजनक छ, यसलाई नेपालले स्वीकार गर्दैन।’

मन्त्री ज्ञवालीले सीमा समस्या समाधानका लागि सबै पिल्लरहरुमा ग्लोबल पोजिस्निङ सिस्टम (जिपिएस) जडान गर्नेबारे छलफल भइरहेको पनि उल्लेख गरे। ‘अब चाहिँ समस्या समाधान हुन्छ। पिल्लरहरुमा जिपिएस प्रणाली राख्छौँ। त्यसकारण समस्या आउँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टुटेको आशालाई विश्वासमा परिणत गर्न नवीन सोच राख्नुपर्छ

-डा. शोभाकर पराजुली मजबुत लोकतान्त्रिक संस्कृति निर्माण गर्नु भनेको एक जटिल र दीर्घकालीन

इजरायलस्थित नेपाली राजदूत पण्डित र इजरायली राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन रिहाइबारे छलफल

काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन गरी

भिजिट भिसाको आवेदन

नारायण गाउँले । मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित