नेतालाई जनताबाट सिक्न पनि यो उपनिर्वाचन एक अवसर होः प्रचण्ड



पोखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचनले देशभरिका नेता, कार्यकर्ता र जनतामा नयाँ उर्जा दिएको बताएका छन् । कास्कीको पोखरामाशुक्रबार दिउँसो आयोजित जिल्लास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका छन् ।

प्रचण्डले भने, ‘कम्युनिष्टहरुलाई अब विजय यात्रामा रोक्न कसैले सक्दैन । यो उपनिर्वाचनले सिंगो पार्टी एकता पुरा गर्न र पार्टीलाई सुदृढ गर्न मद्दत गर्नेछ ।’ नेतालाई जनताबाट सिक्न पनि यो उपनिर्वाचन एक अवसर भएको उनको भनाई थियो ।

उनले निर्वाचनको क्रममा पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका कामहरुको जनतामा सम्प्रेषण गर्नुपर्ने बताए। अध्यक्ष प्रचण्डले विश्वमै रक्षात्मक स्थितिमा रहेको कम्युनिष्ट आन्दोलनको बीचमा नेपालबाट शक्तिशाली कम्युनिष्ट निर्माण हुँदा संसारका प्रतिक्रियावादीहरु यस विरुद्ध निकै ठूला ठूला तानाबाना बुनिरहेको बताए ।

उनले भने, ‘यो शक्ति प्रतिक्रियावादीको दयामायाले दिएर भएको होइन, ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको हो ।’ दुई ठूला कम्युनिष्ट पार्टीहरूबीच एकता नगरेको भए यो असाधारण गुणात्मक प्रगतिको सुरूवात नहुने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको