भारतले जारी गरेको नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं । भारतले जारी गरेको नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वपक्षीय बैठक बोलाएका छन् ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेको भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्री ओलीले यस विषयमा छलफल गर्न राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्रीहरु तथा सरोकारवालालाई बैठकमा बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाकार कुन्दन अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार बैठक शनिबार अपरान्ह ४ बजे बस्ने भएको छ । नेपाल सरकारले बुधबार विज्ञप्ति जारी गर्दै सीमाका सम्बन्धमा एकतर्फी गरिने निर्णय मान्य नहुने बताएको थियो ।

बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मञ्जिवसिंह पुरीलाई टेलिफोन गरी कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमिको भएको तथ्य स्मरण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना र अधुरा योजना पूरा गर्छुः महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा

रास्वपाले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा

गण्डकी प्रदेश सरकारबाट माओवादी मन्त्रीले दिए राजीनामा

गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा (माओवादी

१० दलीय गठबन्धनका पक्षमा नभई जनता एमालेकै पक्षमा छन्ः अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले