भारतले जारी गरेको नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं । भारतले जारी गरेको नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वपक्षीय बैठक बोलाएका छन् ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेको भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्री ओलीले यस विषयमा छलफल गर्न राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्रीहरु तथा सरोकारवालालाई बैठकमा बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाकार कुन्दन अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार बैठक शनिबार अपरान्ह ४ बजे बस्ने भएको छ । नेपाल सरकारले बुधबार विज्ञप्ति जारी गर्दै सीमाका सम्बन्धमा एकतर्फी गरिने निर्णय मान्य नहुने बताएको थियो ।

बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मञ्जिवसिंह पुरीलाई टेलिफोन गरी कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमिको भएको तथ्य स्मरण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवासँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग

इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार बसेको

असार १५ भित्र विद्यालय शिक्षा विधेयक जारी गर्ने सरकारको प्रतिवद्धतापछि शिक्षकहरुको आन्दोलन स्थगित

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको छ । सहमति भएसँगै आन्दोलनरत

गभर्नर नियुक्तिमा ६५ वर्षे उमेर हद नलाग्ने गरी सरकारले गरेको संशोधन कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर नियुक्ति मापदण्ड विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिएको