नेपाली भूमि अतिक्रमणको विरोधमा भारतीय दूतावास अगाडि विद्यार्थीको धर्ना(फोटो र भिडियोसहित)



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ सङ्गठन अनेरास्ववियूले शुक्रबार भारतीय राजदूतावास अगाडि धर्ना दिएको छ ।

भारतीय पक्षले नेपाली भूमि कालापानी, लुम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको आरोप लगाउँदै अखिलले बिहान ११ देखि साढे १२ बजेसम्म दूतावास घेराउ गरेको हो ।

घेराउपछि आयोजित कोणसभामा अखिलका संयोजक ऐन महरले भारतलाई नेपालको भूमि अतिक्रमण नगर्न र असल छिमेकीका रुपमा व्यवहार गर्न आग्रह गरे । अखिलका सहसंयोजक रञ्जीत तामाङले भारतले सार्वजनिक गरेको नक्सा मान्य नभएकाले सच्याउन माग गरे ।

अमृत क्याम्पसबाट नारा जुलुस गर्दै गएको जुलुस लैनचौरस्थित दूतावास अगाडि पुगेर धर्ना दिएको थियो । विद्यार्थी नेता सुदेश पराजुलीले आइतबार नेपालको भूमि फिर्ता गराउन परराष्ट्रमन्त्रीलाई कूटनीतिक तवरबाट पहल गर्न दवाव दिने र सोमबार संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइने जानकारी दिए ।

यसअघि नेपाल विद्यार्थी सङ्घलगायत विद्यार्थी सङ्गठनले नेपाली भूमि मिचिएको र नयाँ नक्सा आफूहरुलाई अमान्य भएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् होः पन्त

काठमाडौं । नेकपा एमालेका रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै भएको

लुम्बिनीमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन बुझाइयो ५३ सांसदको हस्ताक्षर

लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन

आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीको इच्छा शक्तिले मात्र हुँदैन, सबै दल एकजुट हुनुपर्छः शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले आर्थिक संकट समाधानका लागि फजुल

सुकुम्बासी समस्या समाधान गर्न महामन्त्री शर्माको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नापी नभएको ठाउँको नापी खोल्न र