भारतले जारी गरेको नयाँ नक्साको विरोधमा नेविसंघद्वारा विरोध प्रदर्शन
काठमाडौं । भारतले नेपाली भूमिलाई आफ्नोमा पारी नक्सा जारी गरेको विरोधमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।
पशुपति क्याम्पस चाबहिलमा भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’लगायतका नारा लगाएका थिए ।
भारतले हालै जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारिएको छ । त्यसको नेपालमा चौतर्फी विरोध भइरहेको छ ।