परराष्ट्र मन्त्रालयले भन्यो-‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ’



काठमाडौं । सरकारले सीमा सम्बन्धमा एकपक्षीय ढंगले गरिने कुनै पनि निर्णय सरकारलाई मान्य नहुने प्रष्ट्याएको छ ।

भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी र लिपुलेकलाई समेटिएको भन्दै व्यापक विरोध भइरहेका बेला परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर यस्तो बताएको हो ।

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुबै पक्षको आापसी सहमतिमा टुंग्याउनुपर्ने र एक पक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ,” विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालको भूभाग हो भन्नेमा पनि सरकार स्पष्ट रहेको जिकिर गरेको छ ।

मन्त्रालयको विज्ञप्तिमा नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्तआयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरुको समाधानका लागि प्राविधिकहरुको सल्लाहमा दुबै देशका सचिवहरुले काम गर्ने गरी जिम्मेवारी दिइएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी निर्वाचनका लागि सरकारसँग आयोगले माग्यो विद्युतीय मतदान मेशीन

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश निर्वाचनका लागि विद्युतीय मतदान यन्त्र

आर्थिक वर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

–रमेश लम्साल, काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ

‘अर्बौंको आर्थिक चलखेर गरेर सरकारले आयल निगम व्यापारीको हातमा दिन थाल्यो’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेर गरेर सरकारले

हाम्रा नेताहरूलाई झोंक चल्छ, संसद विघटन गर्छ, अनि कहाँबाट राष्ट्रको आवाज उठ्छ ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसदमा अवरोध भइरहँदा गैरसंसदीय