‘नयाँ नियुक्ति तथा मन्त्रीमण्डल पुनर्गठन गर्न नपाईने भनेर निर्वाचन आचार संहितामा उल्लेख छैन’



काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित नरहेको स्पष्ट पारेको छ ।

निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्ति तथा मन्त्रीमण्डल पुनर्गठन गर्न नपाईने भनेर निर्वाचन आचार संहितामा उल्लेख नगरिएकाले त्यसमा निर्वाचन आचार संहिता नलाग्ने बताएका हुन् ।

‘सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्ने वा नयाँ प्रदेश प्र्रमुख नियुक्त गर्न नपाइने भनेर निर्वाचन आचार संहिताको कुनै पनि बूँदामा उल्लेख गरिएको छैन, बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसकारण यी विषयमा आयोगले निर्वाचन आचारसंहिता उलंघन भयो भनेर भन्न मिल्दैन ।’ उनले निर्वाचन आयोगले यस विषयलाई गम्भिर रुपमा लिएको पनि बताए ।

सरकारले प्रदेश प्रमुखहरुको बर्खास्ती र नयाँ नियुक्ति निर्वाचन आचारसंहिता विपरित गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मस्र्याङ्दी नदीमा यसरी गरियो उद्वार अभ्यास

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा शनिबार बेँसीशहर नगरपालिका वडा नं १ र २

दार्चुलाको मार्मा गाउँपालिकाले एमबिबिएस अध्ययन गर्न १० लाख छात्रवृत्ति दिने

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई

‘एमालेका १० भाइको दिमागबाट अझै नशा उत्रिन सकेन’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न

मृत्युदण्डको माग गरिएका कुरेरिसलाई किन छाडियो जेलबाट ?

सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आशङ्कामा १३ वर्षको उमेरमै पक्राउ परेका एक कैदीलाई साउदी