‘नयाँ नियुक्ति तथा मन्त्रीमण्डल पुनर्गठन गर्न नपाईने भनेर निर्वाचन आचार संहितामा उल्लेख छैन’



काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित नरहेको स्पष्ट पारेको छ ।

निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्ति तथा मन्त्रीमण्डल पुनर्गठन गर्न नपाईने भनेर निर्वाचन आचार संहितामा उल्लेख नगरिएकाले त्यसमा निर्वाचन आचार संहिता नलाग्ने बताएका हुन् ।

‘सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्ने वा नयाँ प्रदेश प्र्रमुख नियुक्त गर्न नपाइने भनेर निर्वाचन आचार संहिताको कुनै पनि बूँदामा उल्लेख गरिएको छैन, बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसकारण यी विषयमा आयोगले निर्वाचन आचारसंहिता उलंघन भयो भनेर भन्न मिल्दैन ।’ उनले निर्वाचन आयोगले यस विषयलाई गम्भिर रुपमा लिएको पनि बताए ।

सरकारले प्रदेश प्रमुखहरुको बर्खास्ती र नयाँ नियुक्ति निर्वाचन आचारसंहिता विपरित गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षा उपसमितिको प्रतिवेदनप्रति शिक्षक महासंघ रुष्ट, भन्यो-अब झन् दह्रो लडाईं लड्नुको विकल्प छैन

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा शिक्षा उपसमितिको प्रतिवेदन अनुदार

हुम्लाको तिलागाउँका पहिरो पीडित सबैको उद्धार, यस्तो छ पछिल्लो अवस्था(भिडियो)

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले हुम्लाको तिलागाउँका पहिरो पीडितको उद्धार भइसकेको

नाम्खाका पहिरो पीडितको तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारलाई प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाको नाम्खाका पहिरोपीडितको उद्धार

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल, जोखिम मोलेर सवारी आवतजावत

झापा ।  झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल