नचाहिने विषयमा बोलिरहने नेकपाका नेताहरु नक्सा बदलिएको विषयमा किन मौन ?



हातमा खबर टिप्पणी ।
उसो त केही क्षेत्रफलको सीमा मात्रै होइन, देश । फित्तामा नापिने भूगोलका कित्ताभित्र मात्रै कैद हुँदैन देश । देशको परिभाषा, परिवर्तित विश्वमा विशाल, विराट हँुदै गएको छ । तर पनि भूगोल नै हो देशको आधार । सीमा नै हुन् देशका कित्ता । त्यसैले जमीन वा भूगोलको रक्षा नै हो, देशको रक्षा ।

तर अहिले देश या ने की भूगोल नै अतिक्रमणमा परेका खबरहरु हावासरी फैलिंदै गएका छन् । तर सरकार मौन छ । त्यसैले यो बेला हो, देशको भूमि रक्षाका खातिरदारी गर्न सरकारलाई खबरदारी गर्ने । आफ्नो भूगोल र भूमिको रक्षार्थ जो जहाँ छौं, त्यहीबाट बोलिरहने बेला हो यो ।

अहिले छिमेकी भारतले नेपालको लिपुलेक तथा कालापानी समेत भारतीय भूभागमा पारिएको नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल सरकार र विदेश मन्त्रालय लगायत सम्वद्ध अधिकारीहरू यस बिषयमा कुहिरोको काग बनेका मात्रै छैनन्, कानमा तेल हालेर बसे झैं गरिरहेका छन् । नेपाल सरकारले नेपाली भूमि भारतमा गाभेर तयार पारेको नक्शाबारे अझै कुनै औपचारिक प्रतिक्रिया नजनाएर सरकारले भूमि मिच्ने छिमेकीप्रति देखाएको मौनता रहस्यमय र सन्देहपूर्ण छ ।

सत्तारुढ नेकपा राष्ट्रियताको मामलामा कडा नीति लिने पार्टी भनेर कहलिएको हो, हिजोको एमालेकालिन ईतिहासदेखि नै । तर आज सत्तारुढ नेकपा नै यो मामलामा किन मौनता साँधिरहेको छ ? प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली कट्टर राष्ट्रवादी रुझान, अडान र रटानका जग र बलमा दुईतिहाई बहुमतको वाम सरकारका प्रधानमन्त्री भएका हुन् ।

यसबारेमा विदेशमन्त्री ज्ञवाली र उनको मातहतको सरकारी संयन्त्रदेखि प्रधानमन्त्री र देशकै सबै संयन्त्र किन विषय नै नसुने झै, नदेखे झै बेखबर झैं गरिहेको छ ?

२०७२ को भारतीय नाकाबन्दी राष्ट्रवादी अडानका साथ डटेर सामना गर्दै दोस्रो पटक दुई तिहाई बहुमतका साथ वाम सरकारका कार्यकारी प्रधानमन्त्री भएका अध्यक्ष ओलीले सिधै भारतीय समकक्षीसंग फोन, भीडियो, वा कुटनीतिक पत्राचार गरेर छिनका छिन यसबारेको यथार्थ बुझ्न र सत्य तथ्य बाहिर ल्याउन सक्छन् । मात्रै उनमा तत्परता र यथार्थ बुझ्ने हुटहुटीको खाँचो छ ।

त्यो ल्याकत र अवस्थामा छन्, देशका प्रधानमन्त्री ओली । विदेशमन्त्री प्रदीप ज्ञवालीको त प्राथमिक काम नै हो यसबारेमा दूधको दूध पानीको पानी तथ्य पस्कने । तर यसबारेमा विदेशमन्त्री ज्ञवाली र उनको मातहतको सरकारी संयन्त्रदेखि प्रधानमन्त्री र देशकै सबै संयन्त्र किन विषय नै नसुने झै, नदेखे झै बेखबर झैं गरिहेको छ ?

कतै सत्तामा जान चर्को राष्ट्रवादी नारा र भाषण गर्ने, अनि सत्तामा गएपछि देशको सीमा अतिक्रमण हुदा, भूगोल जर्वजस्त मिचिदा वा नक्शै तलमाथि भैजाँदा पनि आँखै चिम्लिदिने छदम राष्ट्रवादको रोगबाट यो सरकार पीडित भएको त होइन ? यी र यस्ता अनगिन्ती प्रश्नहरु सत्तारुढ दल नेकपा र खासगरी सरकार सामु उठेका छन् । र, यी जनताका प्रश्न सामान्य होइनन् नै ।

सिंगो सत्तारुढ नेकपाका तर्फबाट प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य समेत रहेका नेकपाका सांसद् भीम रावलले यसबारे धारणा बनाउन सरकारले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने बताउने बाहेक अन्य राष्ट्रवादी भनाउन चाहने नेकपा नेताहरु, पूर्व प्रधानमन्त्रीहरु किन तै चुप, मै चुप भैरहेका हुन् ?

देशको नक्सा नै बदलिएको अनि भूमि नै मिचिएको गम्भीर एजेण्डामा बहस गर्न सत्तारुढ नेकपाको वैठक बसेर किन यथार्थ धराणा बनाउन बिलम्व गरिरहेको छ ? के यो चुप रहने सामान्य समय र विषय नै हो र ? प्रश्न यहाँ पार्टी, नेता विशेषको मात्रै होइन, देशको अस्मितामाथि बोलिएको छिमेकी धावा बिरुद्धको नै हो नी, होईन र ?

उक्त बिषयमा नेपाल सरकारले तत्कालै गम्भीर रूपमा भारतीय पक्षसँग कुरा गर्नुपर्छ भन्ने चुरो कुरो नबुझेका मान्छे प्रधानमन्त्रीको कुर्सीमा रहेको अवस्था पनि होइन ।

सीमा मिचिनु वा नक्सा फेरिनु भनेको कुनै पनि देशको लागि अस्वीकार्य तथ्य हो भन्ने सत्य वर्तमान प्रधानमन्त्री ओलीलाई हेक्का नहुने कुरै होइन । उक्त बिषयमा नेपाल सरकारले तत्कालै गम्भीर रूपमा भारतीय पक्षसँग कुरा गर्नुपर्छ भन्ने चुरो कुरो नबुझेका मान्छे प्रधानमन्त्रीको कुर्सीमा रहेको अवस्था पनि होइन ।

जत्तिसुकै होस् आफ्नो क्षेत्रको भूभाग मिचिनेगरी कुनै पनि मुलुकले एकतर्फी रूपमा नाक्सा कायम गरी सार्वजनिक नै गरिसक्दा पनि नेपाल सरकारले न आपत्ति, न बिमति गर्नुको लक्षण कतै मौन सम्मति त होइन ? जनजनका मनका खबरदारी र आशंका यहीनेर छ, सत्तारुढ दल, सरकार र प्रधानमन्त्रीमाथि ।

सूचना प्रविधि र सञ्चारको अतुलनीय विकासले संसार नै एक गाउँ भैरहेको वर्तमानमा नेपालको परराष्ट्र मन्त्रालयले यस बिषयमा कथित “बुझ्ने काम भइरहेको“ बताएर कस्तो अपरिपक्क काम गरिरहेको हो ?

यस्तो ढटुवा वा झारा टार्ने प्रतिक्रिया कम्तीमा प्रदीप ज्ञवाली जस्ता देशभक्त विदेशमन्त्री रहेको मन्त्रालयबाट जनताले अपेक्षा गरेको परिणाम होइन नै ।

यस्तो ढटुवा वा झारा टार्ने प्रतिक्रिया कम्तीमा प्रदीप ज्ञवाली जस्ता देशभक्त विदेशमन्त्री रहेको मन्त्रालयबाट जनताले अपेक्षा गरेको परिणाम होइन नै ।

संविधानको एउटा व्यवस्था परिवर्तन गरेर जम्मू कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारतको सर्वेक्षण विभागले शनिवार नयाँ नक्सा जारी गर्दा नेपालको कालापानी किन मिच्यो । मिच्यो भनेर आएका विवरणको यथार्थ के हो ? सरकार बोल्नै पर्छ, भोलि होईन, आज, आज होइन अहिल्यै ।

दशैपछि र तिहार अघि उत्तरी छिमेकी चिनका राष्ट्रपति सिजिन पिङले नेपाल भ्रमण गरेर नेपालको नयाँ परिभाषा दिएर गए । नेपाल ल्याण्डलक्ड होईन, ल्याण्डलिङ्ड देश हो भनेर नेपाल राष्ट्रको परिभाषा वृहत र विशाल बनाएर गए ।

तर तीन तिरको छिमेकी भारतले युगौंदेखि नै हाम्रो रहे भएको भूगोल नै मिचेर जुन हर्कत देखाएको छ, यसका विरुद्ध डटेर प्रतिवाद गर्नु र भारतीय गल्ती वा मिच्चयाईं सच्याउनु सरकारको मुख्य काम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।