किन जाँदैनन् संसदीय समितिको बैठकमा सदस्यहरु ?



काठमाडौं । कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ । मंगलबार विहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

बैठक कक्षमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र समितिका कही सदस्यहरु भने उपस्थित भएका थिए । बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो ।

तर समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक आगामी कार्तिक २८ गते बस्ने गरी स्थगित गरिएको छ ।

कार्तिक २८ गते बिहीबार विहान ११ बजे बैठक बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । बैठकमा समितिका सदस्यहरु सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीसहितका केही सदस्यहरु मात्रै उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी हुँदैछ तारा एयरको वेपत्ता जहाजको खोजी

काठमाडौं । झण्डै तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाजको

आठ महिनामा ३२५ किलोमिटर सडक कालोपत्रे

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको आठ महिनामा ३२५ किलोमिटर सडक कालोपत्र र

सम्पर्कविहीन जहाजको खोजी तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको

सम्पर्कविहीन जहाजको खोजीमा मौसम बाधक

पोखरा । मौसम खराब भएपछि सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर खोज्न गएको हेलिकोप्टर