माधव नेपालको नोट अफ डिसेन्ट सामान्य विषय होः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु स्वभाविक भएको बताएका छन् ।

पार्टी कार्यक्रममा सहभागी हुन मंगलबार नेपालगंज पुगेका प्रचण्डले सोमबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नातर्फबाट प्रदेश प्रमुखका लागि नाम प्रस्ताव गरे पनि नपरेपछि नोट अफ डिसेन्ट लेख्नु स्वभाविक नै भएको बताएका हुन् ।

उनले भने,‘माधवजीले एक दुई जनाको नाम पारौं भन्ने जोड दिनुभएको थियो। बैठकले त्यो निर्णय गरेन। उहाँलाई चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य र स्वभाविक प्रक्रिया हो।’

प्रदेश प्रमुख निकालेर नयाँ नियुक्त गर्न पार्टीभित्र र सत्तारूढ समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि आफूले छलफल गरेको प्रचण्डले बताए । सरकार परिवर्तनपछि प्रदेश प्रमुख नियुक्ति हुनु स्वभाविक नै हुने उनले बताए ।

प्रचण्डले भने, ‘सरकार परिवर्तन भएपछि प्रदेश प्रमुख फेरिन्छ। हाम्रो सरकार उदार भएकोले दुई वर्षसम्म काम गर्न दिएको हो।’ उनले प्रदेश प्रमुख हटाउने र नयाँ राख्ने प्रक्रिया ठूलो नभएको र सरकारकै क्षेत्राधिकारको कुरा भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँको डुम्रेमा बस दुर्घटना, ६ जना घाइते

दमौली । तनहुँको डुम्रेमा बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन्

नारायणगढ–बुटवल सडक निर्माणको ६६ प्रतिशत भौतिक प्रगति, अहिले दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको

‘एभरेष्ट समिटर समिट’ मा १६ देशका एक सय ७७ आरोही सहभागी हुने

  काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय

चट्याङ लागेर २३७ जनाको मृत्यु, ९०८ घाइते

झापा । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको