‘नवनियुक्त प्रदेश प्रमुखहरु दृढ निष्ठाका साथ गणतन्त्र स्थापना गर्न लागिपरेका योद्धाहरू नै हुन्’



सूर्य थापा ।

सात वटै प्रदेश पालमा नयाँ नियुक्त हुने व्यक्तित्वहरूलाई हार्दिक बधाई ।
पदमुक्त गरिएकाहरुमा पनि धन्यवाद ।
नवनियुक्त व्यक्तित्वहरूमध्ये सोमनाथ अधिकारी प्यासी, अमीक शेरचन, धर्मनाथ यादव, तिलक परियार र गोविन्द कलौनी सबैको सम्मानित एवं वरिष्ठ व्यक्तित्व, विराट इतिहास र त्यागपूर्ण तथा कठोर संघर्षयुक्त विगत रहेको छ ।

बिष्णु प्रसाईंसँग को कसको कति चिनजान छ? मेरो व्यक्तिगत घनिष्ठता नभए पनि पहिलेदेखि नै चिन्दछु । अरू को कहाँको हुनुपर्ने थियो ? तर्कसम्मत बहस चलाउन सकिन्छ नै ।

तर प्रसाईं मेचीनगर नगरपालिकाको मेयरमा पछिल्लो पटक पराजित हुनुभएको थियो भन्ने नै यस पदमा नियुक्तिका लागि अयोग्यताको दृष्टान्त हुनसक्दैन । मेरो सिंगो जीवनभन्दा उहाँको राजनीतिक जीवन नै ५ बर्ष जेठो छ भन्ने मलाई थाहा छ । अर्थात्, ५० बर्ष लामो राजनीतिक जीवन भएको मान्छेलाई अयोग्य देखाउने तौरतरिकाचाहिँ शोभनीय होइन ।

शर्मिला त्रिपाठी- बेपत्ता परिवारको प्रतिनिधि भन्ने थाहा पाएपछि उहाँको नियुक्ति जायज र स्वभाविक महसुस भयो । महेश दाहाल र लक्की शेर्पाले राजदूतको नियुक्ति पाइरहेको स्थानमा प्रदेश पालमा शर्मिला त्रिपाठीको नियुक्ति राज्य र विद्रोही दुबैले अन्यायपूर्वक बेपत्ता पारेकाहरूले आफ्नो सम्मान भएको महसुस गर्नसक्ने छनोट हो । यो बेपत्ता योद्धा ज्ञानेन्द्र त्रिपाठीको पनि सम्मान हो ।

यस पदमा विगतमा कस्तालाई नियुक्त गरिएको थियो ? तुलनात्मक रूपमा हेर्ने हो भने प्रदेश पालहरू परिवर्तनको लागि आजीवन समर्पित र दृढ निष्ठाका साथ गणतन्त्र स्थापना गर्न लागिपरेका योद्धाहरू नै रहनुभएको छ ।

सबैमा बधाई र सफल कार्यकालको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ नेताहरूले अब नेतृत्व लिएर जनतामा आश जगाउनुपर्छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता

हरित, सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक : प्रधानमन्त्री

काठमाडौं । हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत

राष्ट्रसङ्घीय प्रधान कार्यालयमा उच्च ओहोदा सुनिश्चित गर्न नेपालको आह्वान

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा

तस्बिरमा हेर्नुस् कमलपोखरी

काठमाडौँ । कमलपोखरी पुनर्निर्माणको करीब ९५ प्रतिशत काम सम्पन्न भएको छ । पोखरीमा