सरकारको सशक्त ढंगले प्रतिकार गर्ने देउवाको चेतावनी



सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षलाई राजनीति ढङ्गले पेलेर जाने नीति लिए त्यसको कडा रुपमा प्रतिवाद गर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाअन्तर्गत ठोकर्पास्थित बाघ भैरव नमूना माविको नवनिर्मित भवनको सोमबार उद्घाटन गदैै उनले सरकार दुई तिहाइको बलमा प्रतिपक्षलाई पेलेर जाने रणनीतिमा लागेको आरोप लगाए ।

उनले त्यसको दृढताका साथ सशक्त ढङ्गले प्रतिवाद गर्ने पनि बताए । भूकम्पबाट ध्वस्त संरचनाको पुनःनिर्माणकार्य चाडै सकाउन सरकारलाई आग्रह गर्दै सभापति देउवाले द्वन्द्वकाल र विभिन्न समयमा अन्यायमा परेका जनतालाई न्याय दिनुपर्ने बताए ।

विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नौ करोड १८ लाख ७ सय ८२ रुपैयाँमा सुविधा सम्पन्न २४ कोठे भवनको पुनःनिर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीनसय ९५ जनाले गरे सगरमाथा आरोहण

काठमाडौं । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका

राजसंस्था कहिल्यै जनताको पक्षमा थिएनः महाचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको

डा. विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्व पौडेल नियुक्त भएका छन्

त्रिविको उपकुलपति छनोटका लागि समिति गठन

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका