‘हल्लै हल्लाको देश’



डा. स्वर्णिम वाग्ले

बलियो नेपाल पोषण अभियानको शुभारम्भमा सम्माननीय राष्ट्रपतिज्यूसंग केही कुरा गरियो । धेरैले यो अभियानबारे जिज्ञासा राखेकाले छोटा छोटा एकमुष्ट उत्तर ।

१. पोषण कार्यक्रम अरु नि छन्, यो किन फरक ?
*नेपालमा ५ वर्ष मुनिका ३६% बालबालिका दीर्घ कुपोषणको शिकार छन् । सन् २०३० सम्म त्यो १५% मा झार्ने लक्ष्य छ तर परम्परागत पोषण कार्यक्रमबाट मात्र सम्भव छैन । दिगो विकास लक्ष्य प्राप्तिलाई वार्षिक औसत रु. २० खर्ब लाग्ने, जस मध्ये सरकारले ५७% र निजी क्षेत्रले ३७% लगानी गर्नुपर्नेछ । प्रेरणादायी जनचेतना मार्फत स्वस्थ आहारको माग बढाउने र खाद्य उत्पादनको पोषण गुणस्तर बढाउन निजी र सामुदायिक संस्थासँग एकैपटक काम गर्ने । सहयोग Bill and Melinda Gates Foundation (BMGF) को हुनेछ । यो समयसीमा भएको अनुदानमा आधारित प्रोजेक्ट होइन, सित्तैमा केही नदिने दिगो अभियान हो जुन निरन्तर चलोस् भन्ने ध्येय छ । पछि बलियो ‘लोगो’को प्रयोगबाट संस्थालाई आय पनि आउला । अप्रिल २०१९ देखि यो स्वतन्त्र, गैर-मुनाफामुखी संस्थाको रुपमा दर्ता भएको छ । डेढ-दुई महिनामा एक पटक हुने बोर्ड वैठकको अध्यक्षता गर्छु । संस्थाबारे विस्तृत जानकारी यहाँ छ: baliyonepal.com/

२. ‘पोषण गुणस्तर’ कसरी नाप्ने ?
*अस्ट्रेलियाको Health Star Rating (HRS) मा ३*** भन्दा माथि तोकिएका उत्पादनसंगमात्रै काम गरिनेछ, जस्तै लिटो । पत्रु भनिने प्राय junk food को स्तर १ को हाराहारी भएकोले हामी ती छुँदैनौं । HSR को उद्देश्य sugar, sodium, saturated fat र क्यालोरी घटाउने अनि fiber, protein, फलफुल, तरकारी, गेडागुडीको आहार बढाउने हो ।

३. अर्थशास्त्री मान्छे, किन पोषणमा हात हालेको ?
*योजना आयोगको उपाध्यक्ष हुँदा नेपालको ‘बहु-क्षेत्रगत पोषण योजना, २०१८-२०२२’ तयार गरियो । नेपालमा पर्सी शुरु हुने Scaling Up Nutrition (SUN) को विश्व सम्मेलनको बिउ त्यहीबेला रोपेको हो — ६१ देशका १२०० व्यक्ति आउंदैछन् । मानव संसाधन अर्थशास्त्रमा रुचि पुरानो हो; नोबेल बिजेताहरु शुल्त्ज़, सोलो, हेक्म्यान, बेनर्जीको कामबाट प्रभावित छु । जन्मेदेखि २३ महिनाको अवधिमा गरिने स्वास्थ्य र पोषणको लगानी पछि कैयन गुणा राष्ट्रले GDP वृद्धि मार्फत उठाउने कुरा रोचक शोधको विषय छदैंछ । UN को पांचवटा ‘मानव विकास प्रतिवेदन’मा काम गरियो ।

४. Bill Gates धनी छन्, उनको फाउन्डेसनले तलब पैसा टन्न दिएको होला नि ?
*यो अवैतनिक पद हो । एक पैसापनि तलव, भत्ता र सुविधाका रुपमा लिएको छैन । मेरो नैतिक ब्रह्मास्त्र यही हो । कोहीपनि बोर्ड सदस्य वा सल्लाहकारले पैसा पाउन्नन् । यो स्वस्फूर्त स्वयंसेवाको भावनाबाट प्रेरित राष्ट्रिय अभियान हुनेछ । मैले पैसा लिएको प्रमाण ल्याए, त्यो रकमको दोब्बर तपाईंलाईनै दिन्छु है !

५. पत्रु खानामा पोषक तत्व मिसाउने हल्ला कसरी चल्यो ?
*सन् २०१७ मै BMGF लाई नेपालमा काम गर्न प्रोत्साहन गर्ने उद्योगपति विनोद चौधरीको प्रसिद्धि वाईवाई चाउचाउसंग जोडिएको छ । बलियो नेपाल अभियान शुरु गर्न BMGF ले चौधरी फाउन्डेसनलाई सन् २०१८ (अक्टोबर) मा केही रकम पनि दियो । नेपालमा चाउचाउको खपत व्यापक भएकोले यसैमा पोषक तत्व हाल्न सकिन्छ कि भनेर BMGF ले अध्ययन गरेकोचैं रहेछ । तर स्वाद फेरिने, टोक्न असजिलो र महँगो हुनेभएपछि यो छलफल अघि बढेन रे ।

६. केही नगर्नुभन्दा त्यस्ता खानालाई थप पोषक बनाउँदा राम्रै हुन्थ्यो भन्ने पनि छन् नि ?
*छन्, तर हामी त्यसमा लाग्दैनौं । अरुले गरे वहाँहरुकै मर्जी ।

७. सरकारको कामलाई कसरी सघाएका छौ ?
*बहु-क्षेत्रगत पोषण आयोजना (MSNP-२) को सचिवालय योजना आयोगमा छ । उसले स्वास्थ्य लगायत ५ वटा मन्त्रालयको पोषण सम्बन्धी कामको संयोजन गर्छ । MSNP मा निजी र सामुदायिक क्षेत्रको ठुलो भूमिका उल्लेख छ । हामी राष्ट्रिय र प्रादेशिक योजना आयोगसंग मिलेर काम गर्छौं ।

८. सबै कुरा सुन्दा यो अभियान गज्जब होला जस्तो छ । म कसरी जोडिने ?
*यो भिडिओ हेर्ने: tinyurl.com/y6lzgpjc
*यो पढ्ने: baliyonepal.com/faq
*अनि हाम्रो सचिवालयमा सम्पर्क गर्ने ! आउनुस, बलियो नेपाल बनाउन सही पोषणमा काम गरौँ । छिट्टै प्रदेश ५ जाँदैछौं लिटो र अण्डा बोकेर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यातायात कार्यालय बाँकेमा सेटिङमा लाइसेन्स वितरण गरी मासिक ३ करोड भन्दाबढी रकम कलेक्सन, चार जना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बाँके चारजनालाई पक्राउ गरेको

जब गृहमन्त्री तिनकुने घटनाका घाइते भेट्न अस्पताल पुगे…

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेलाई विभिन्न अस्पताल पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिएका

मानवअधिकारवादीको रोहबरमा २४ घण्टामा सार्वजनिक हुन तयार छुः दुर्गा प्रसाईं(भिडियोसहित)

काठमाडौँ । प्रहरीको खोजीमा रहेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आफू कतै नभागेको

ठूला पार्टीबीचको सहकार्यको शिलशीला आगामी निर्वाचनपछि पनि कायम रहन्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका