सत्तारुढ नेकपाले उम्मेदवारको टुंगो आइतबार लगाउने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार चयन गर्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कास्की क्षेत्र नम्बर २, तीन वटा प्रदेशसभा र रिक्त स्थानीय तहमा मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल भएको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग भने, ‘पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामबारे प्रारम्भिक छलफल गरियो।’

उनले आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार तय गर्ने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार ढलिहाल्ने वक्तव्यमा नरमाउन सांसद थापाको आग्रह

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सरकार ढलिहाल्ने वक्तव्यमा नरमाउन नेकपा माओवादी

अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी

तीनकुने घटनाको न्यायिक छानबिन गर्न शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ‘राज्य आंतक’ मच्चाएको