‘जो जो हास्नु भो, ठिक छ तर त्यो हसाइमा एउटा चाड व्यङ्ग्यको गाईजात्रा बन्दैथियो’



 

डा. युवराज संग्रौला।

राज्य र समाज फरक कुरा हुन् । राज्य औपचारिक हुन्छ, समाज अनौपचारिक । राज्य मुलतः नियम र कानुनलाई मापदन्ड मानेर चल्छ, समाज नैतिकतालाई । राज्य राजनीति संचालन गर्छ र राजनीतिबाट निर्देशित हुन्छ । समाम मुलतः संस्कृतिबाट निर्देशित हुन्छ । जब समाजमा नैतिकताको उन्मूलन हुन्छ, तब संस्कृतिको बिनाश हुन्छ।

१. अहिलेको नेपाली समाजको यथार्थता हो, यो । सामाजिक नैतिकता वा संस्कृतिको ताकत वा क्षमताको आंकलन, त्यस समाजका स्वतन्त्र व्यवसायिक संस्थाहरुको हैसियत र उनीहरु प्रतिको सम्मानको मापदण्दका आधारमा गरिन्छ । तर यस्ता संस्थाको हालत नेपालमा हेरौं ।

कानुन व्यसायीको एउटा ठूलो हिस्सा आफ्नो फाइदाका लागि राज्य र समाज सोत्तर भए होस् भन्ने ठान्छ । भट्टीमा बेसेर रक्सी र अलिकति पैसामा जोसुकैको इज्जत र अस्मिता ध्वस्त पार्ने पत्रकारको सख्या पनि सानो छैन। हामी सधैं राजनीति बिग्रिएको देख्छौं। तर हामीले समाजलाई जोगाउने यी व्यबसायमा रोगको जटिल सक्रमण भएको देखेका छौं ?

२. किन समाजको नैतिकता र संस्कृतिको जगका रुपमा रहेका स्वतन्त्रताको पालनपोषण गर्ने वकालत र सूचनाको भरणपोषण गर्ने पत्रकारिताको स्तर यति धेरै नस्ट भयो ? अब त खोजी गर्ने बेला भयो होलानी ?

अल्पज्ञान डरलाग्दो बिष हो समाजको उन्नयनमा, किनकी समाजका अपरिहार्य संस्थामा अल्पज्ञानी मानिसले डेरा जमाए, भने समाजलाई उनीहरुले भैसीको अहाल जस्तै बनाउँछन् । अब गाली आहाललाई गर्ने होकि आफैंले पानी खाने र शरीर भिजाउने पानीमा पिसाब गर्ने भैंसीलाई ? सोच्ने बेला आइसकेको छ।

३. औपचारिक संस्थामा बस्नेलाई आलोचना गर्न पाइन्छ । व्यङ्ग्य गर्न पनि पाइन्छ । तर सांस्कृतिक मोहत्सव, देउसीलाई गाईजात्रामा परिवर्तन गर्न पनि पाइन्छ ? प्रधानमन्त्रीलाई मीत भन्न पनि पाइन्छ ? प्रधानमन्त्रीकी पत्नी र राज्यको पदमा बसेकी मानिस होइन, उनलाई पनि व्यङ्ग्य गर्न पाइन्छ ?

. सिस्नोपानीमा जे जे कुराहरु उठे, त्यहाँ उठेका सरकारका गल्ती कमजोरी सही हुन् । तर देउसी त आशीर्वाद दिने चाड हो, व्यङ्ग्यबाट आलोचना गर्ने र हसाउने गाइजात्रा हो र ?त्यसैले समाजले मलामी जाँदा र जन्ती जाँदाका संस्कृतिका अलग अलग नैतिक धरातल बनाएको छ । सिस्नुपानी र देउसी बिरोधाभाष हुन् । देउसी संस्कृति हो, यसलाई बटारेर गाईजात्रा बनाइयो भने, हाम्रो अर्को एउटा चाड र संस्कृति मर्छ ।

. हामी बनाउने चाहनामा बिगारी त राखेका छैनौ ? सानामा हामी कुकुर राम्रो र सफा पार्न, सावन दलि दलि नुहाइदिन्थ्यौं । केही समय पछि कुकुर मथ्र्यो । उसलाई निमोनिया हुँदोरहेछ । हाम्रो नियत त भलाइ थियो । तर आफैंले माया गरेका कुकुर मरे ।

त्यसैले सरकारको आलोचना खुलेर गर्नुपर्छ । तर दुधमा नुन हालेर घोटियो भने त्यो खुवा बन्दैन । खिरमा नुन हालियो भने खिर बन्दैन । अचारमा चिनी हालियो भने आचार बन्दैन ।

सरकारका विरुद्ध आलोचना गर्नुहोस्, हरेक दिन व्यङ्ग्य गर्नुहोस्, तर मेरो तिहारको देउसीलाई देउसी रहन दिनुहोस् । मलाई थाहा छैन, बलिराजा को हुन् । तर बलिराजा भन्दा देउसीको मजा आउँछ । किनभने यो संस्कृति हो, चाड हो ।

जो जो हास्नु भो, ठिक छ । तर त्यो हसाइमा एउटा चाड व्यङ्ग्यको गाईजात्रा बन्दैथियो । त्यसैले मलाई हास उठेन । अब यो त सरकारको मान्छे रहेछ भनेर लेख्छन् तल । म जनताको सहयोगी हुँ, गरिबको सहयोगी हुँ । बस, म गलत जसले गरे पनि गलत हो भन्न आँट गर्ने मानिस हुँ। के हो होला वकिल र पत्रकारको भूमिका समाजको संस्कृति र नैतिकता जोगाउने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिडको खोप आउनु अगावै २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसविरुद्ध खोप प्रभावकारी रूपमा प्रयोगमा आउनुअघि विश्वभरि कोभिड १९

सुनका टुक्राहरू

डा. गोविन्दशरण उपाध्याय । त्यो दिन हामी सबै बसेर हिमाल, पहाड र तराईको

विश्वमा दुई करोड ४१ लाख ७१ हजार मानिस कोरोना संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५८