प्रधानमन्त्रीको स्वास्थ्य, सल्लाहकार र पत्रकारिता



विष्णु रिजाल
प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएर बुधबार विहान ९ बजे ग्रान्डी अस्पताल भर्ना भएर विहीबार राती ९ बजे घर फर्किनुभएको छ । यस सन्दर्भमा उहाँको स्वास्थ्यस्थिति ‘गोप्य राखिएको’, ‘जनतालाई थाहा नदिएको’, ‘सल्लाहकारहरुले सूचना लुकाएको’, ‘पत्रकारलाई सूचनामा पहुँच नदिएको’ जस्ता चर्चा भएका छन् ।

. सबैलाई थाहा छ, प्रधानमन्त्रीको स्वास्थ्य ठीक छैन, मृगौला प्रत्यारोपण गरिएका कारण उहाँ नियमित रुपमा चिकित्सक र अस्पतालको सम्पर्कम हुनुहुन्छ । केही समयअघि मात्रै सिंगापुरबाट उपचार गरेर फर्केपछि पनि उहाँको नियमित स्वास्थ्य परीक्षण भइरहेको छ । यस्तो अवस्थामा स्वास्थ्यमा समस्या उत्पन्न हुनासाथ होहल्ला गरेर के-के न भयो भन्ने जस्तो गरेर प्रचार गर्नु आवश्यक छैन ।

२. कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्ति, त्यसमा पनि मुलुकको प्रमुख कार्यकारीको स्वास्थ्यका बारेमा थाहा पाउने जिज्ञासा आम नागरिकमा हुनु अस्वाभाविक होइन । तर, विहान ९ बजे अस्पताल लैजानासाथ सबै कुरा सार्वजनिक गरिहाल्नुपर्ने माग उचित छैन । धामी–झाँक्रीले जस्तो नाडी छामेर वा अनुहार हेरेर अनुमानका भरमा चिकित्सकले यही भएको हो भन्ने कुरै हुँदैन । एउटा मात्र होइन, अनेक परीक्षण गरेपछि मात्रै के भएको हो भन्न सक्छन्, जुन कुराको तत्कालै अपेक्षा उचित हुँदैन ।

३. प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारेमा ‘सूचना लुकाएको’ भनेर विशेषगरेर प्रेस सल्लाहकार डा. कुन्दन अर्यालको आलोचना भइरहेको छ, जुन बिल्कुलै उचित छैन । किनभने, प्रधानमन्त्री अस्पताल भर्ना भएको कुरासम्म उहाँबाट पुष्टि गर्न खोज्नुपर्छ, त्यसबाहेकका स्वास्थ्यसम्बन्धी सूचना अस्पताल वा चिकित्सकबाहेक सल्लाहकारसँग सोध्नु उचित हुँदैन । फेरि प्रधानमन्त्री अस्पताल भर्ना हुनासाथ सल्लाहकारले अनलाइन, ट्वीटर र फेसबुकका लागि मसालेदार हुने गरी ‘हो, अवस्था गम्भीर छ’ भन्दैन । दुबै दिन अस्पतालले बक्तव्य निकालेको छ, दोस्रो दिन त पत्रकार सम्मेलन नै गरेको छ । अनि कहाँनेर सूचना लुकाइयो ?

४. प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा चासो हुनु र सूचना पाउने अपेक्षा गर्नु स्वाभाविक हुन्छ । तर, बालुवाटारबाट ‘अस्पताल जानै लाग्नुभयो, अस्पताल पुग्नुभयो, अब लिफ्ट चढ्न थाल्नुभयो, डाक्टर आउनुभयो, अब परीक्षण हुनै लाग्यो, पहिलो परीक्षण भयो’ जस्ता सूचनाको अपेक्षा हो भने त्यो व्यर्थ छ ।

५. विरामीको व्यक्तिगत जीवन र गोपनीयताका बारेमा पत्रकार संवेदनशील हुनैपर्दछ । सूचना ब्रेक गर्ने नाममा नमरेको मान्छेलाई मरेको (माधव घिमिरे, अम्बर गुरुङ) भनेर समाचार लेख्दासमेत हामीलाई त्यसबाट सिक्ने फुर्सत छैन ।

६. स्वास्थ्य जस्तो विषयमा समाचार लेख्न हतार गर्नुपर्ने कुनै कारण छैन । केही दिनअघि वामदेव गौतमलाई सामान्य रुघाखोकी र ज्वरो आएपछि स्वास्थ्य परीक्षणका लागि टेकु जानुभएको रहेछ । कुनै पत्रकार मित्रले थाहा पाउनुभएछ र ‘वामदेव गौतमलाई डेंगुको आशंका’ भनेर समाचार लेख्नुभयो । पछि अनलाइनहरुले ‘आशंका’ भन्ने शब्दलाई हटाएर ‘वामदेव गौतमलाई डेंगु’ भनेर समाचार लेखेको लेख्यै गरे । परीक्षणबाट उहाँलाई सामान्य भाइरल भएको मात्र देखियो । तर, आफन्त, साथीभाइहरुलाई ‘मलाई डेंगु लागेको होइन’ भन्दाभन्दा उहाँ हैरान हुनुभयो । त्यसैले स्वास्थ्य कुनै समाचार ‘ब्रेक’ गर्ने विषय होइन ।

७. कुनै कुरा पत्रकारले तत्कालै थाहा नपाउँदैमा त्यो ‘गोप्य राखिएको’ वा ‘लुकाइएको’ भन्ने हुँदैन । ट्वीटर वा फेसबुक प्रयोगकर्तालाई छिटो-छिटो नयाँ कुरा लेख्न हतार हुन सक्ला तर त्यसैका लागि छिन-छिनमा सूचना उपलब्ध गराइरहनुपर्दछ भन्ने हुँदैन ।

रिजाल नेकपाका केन्द्रीय सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु, एक्जीम बैंकको लगानी

काठमाडौं। मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ

४२ मेगावाटको साञ्जेनको विद्युत् जोडियो राष्ट्रिय प्रणालीमा

काठमाडौं  । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको

काठमाडौं महानगरभित्र अधिकांश पसल नियम विपरीत संचालन

काठमाडौं। काठमाडौं महानगरपालिका (कामपा)ले ४९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन

प्रधानमन्त्री ओलीसँग अमेरिकी खर्बपति एलन मस्कको भर्चुअल संवाद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल