अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा प्रधानमन्त्रीले भने ‘म ठिक छु’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । निवास फर्कने क्रममा उनले अस्पताल परिसरमा रहेको सञ्चारकर्मीमाझ आफू ठिक रहेको प्रतिक्रिया दिए ।

उनले भने,’आई एम फिट’। अस्पतालबाट डिस्चार्ज भई निवासतर्फ जाने क्रममा प्रधानमन्त्री ओली एक्लै हिँडेर गाडीसम्म पुगेका थिए । प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका क्रममा रहँदा पार्टीका अर्का अध्यक्ष प्रचण्डलगायत शीर्ष नेतृत्वले बिहीबार दिउँसो भेट गरी स्वास्थ्यलाभको कामना गरेका थिए ।

त्यसैगरी नेता भीम रावल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रधानमन्त्रीलाई भेट्न बिहीबार दिउँसो अस्पताल गएपनि उनीहरुलाई भेट गर्न भने दिइएन ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भने भेट गर्न दिइएको थियो । पार्टी नेताहरुलाई भेट गर्न नदिएपछि भने प्रधानमन्त्रीको स्वास्थ्य गम्भीर रहेको आशंका गरिएको थियो । तर साँझ भने प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको थियो ।

। यसैबीच, ग्राण्डी अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा ‘हेमोडायलासिस’ मात्र गरिएको जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको बताए ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेरेर थप उपचार गर्नुपर्ने वा नपर्ने बारेमा विज्ञसँगको राय सुझावका आधारमा उहाँको चिकित्सकीय टोलीले निर्णय लिने बताइएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासिस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसले नेपाललाई कोभिडविरुद्धको दुई करोड ५० लाख डोज भ्याक्सिन उपलव्ध गराउने

रुसले नेपाललाई कोभिडविरुद्धको २५ मिलियन(दुई करोड ५० लाख) डोज खोप उपलव्ध गराउने भएको

थप १५१३ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको

डा. केसीका माग तत्काल सम्बोधन गर्न सरकारलाई जवाफदेहीता निगरानी समितिको आग्रह

काठमाडौं । जवाफदेहीता निगरानी समितिले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण

बझाङ घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्छः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई