अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा प्रधानमन्त्रीले भने ‘म ठिक छु’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । निवास फर्कने क्रममा उनले अस्पताल परिसरमा रहेको सञ्चारकर्मीमाझ आफू ठिक रहेको प्रतिक्रिया दिए ।

उनले भने,’आई एम फिट’। अस्पतालबाट डिस्चार्ज भई निवासतर्फ जाने क्रममा प्रधानमन्त्री ओली एक्लै हिँडेर गाडीसम्म पुगेका थिए । प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका क्रममा रहँदा पार्टीका अर्का अध्यक्ष प्रचण्डलगायत शीर्ष नेतृत्वले बिहीबार दिउँसो भेट गरी स्वास्थ्यलाभको कामना गरेका थिए ।

त्यसैगरी नेता भीम रावल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रधानमन्त्रीलाई भेट्न बिहीबार दिउँसो अस्पताल गएपनि उनीहरुलाई भेट गर्न भने दिइएन ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भने भेट गर्न दिइएको थियो । पार्टी नेताहरुलाई भेट गर्न नदिएपछि भने प्रधानमन्त्रीको स्वास्थ्य गम्भीर रहेको आशंका गरिएको थियो । तर साँझ भने प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको थियो ।

। यसैबीच, ग्राण्डी अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा ‘हेमोडायलासिस’ मात्र गरिएको जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको बताए ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेरेर थप उपचार गर्नुपर्ने वा नपर्ने बारेमा विज्ञसँगको राय सुझावका आधारमा उहाँको चिकित्सकीय टोलीले निर्णय लिने बताइएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासिस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार रहन्छः महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार आर्थिक विकास, पूर्वाधार निर्माणलगायत

५ सय र १ हजार दरका नयाँ नोट छाप्ने नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् । प्रधानन्यायाधीशबाट शपथ

वित्तीय क्षेत्रको प्रभावकारिताका लागि सुपरीवेक्षकीय क्षमतामा जोड दिन्छौंः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद

राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा विश्वनाथ