पाकिस्तानमा रेलमा आगो लाग्दा मृत्यु हुनेको संख्या ७३ पुग्यो



पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७३ जना मारिएको बताइएको छ।

पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो। स्थानीय प्रहरी अधिकारीका अनुसार कम्तीमा ७३ जना मारिएको पुष्टि भएको छ भने अरू ३० जना घाइते भएका छन्।

रेलमन्त्री शेख रशिद अहमदका अनुसार यात्रीहरूको साथमा खाना पकाउने सामान, सिलिन्डर तथा स्टोभ थिए। रेलमा सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

ती सञ्चारमाध्यममा उद्धृत गरिएका अधिकारीहरूका अनुसार जलिरहेको रेलबाट हाम फाल्न खोज्दा कतिपय मानिसको मृत्यु भएको थियो।

अधिकारीहरूका अनुसार हताहत हुने मानिसको सङ्ख्या अझ बढ्न सक्नेछ। “दुईवटा स्टोभ पड्किए। उनीहरू खाना पकाउँदै थिए। उनीहरूको साथमा तेल पनि थियो जसले आगो झन् फैलन पुग्यो,” रेलमन्त्रीले भने।

हताहत हुनेमध्ये एउटा धार्मिक कार्यक्रममा सहभागी हुन जान लागेको एउटा समूहका मानिसहरू भएको उनले बताए।

मन्त्रीका अनुसार लामो दुरीको यात्रामा रेलयात्रुहरू स्वयंले खाना पकाउन स्टोभ पनि ल्याउने गरेका छन्।दुर्घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगरनजिकै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुक्ला उडेको सीता एयरको जहाजमा समस्या आएपछि…..

काठमाडौं । रामेछापबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको जहाजमा समस्या आएपछि त्रिभुवन

चैतमा १२ हजार पर्यटकले गरे सगरमाथा क्षेत्रको भ्रमण

सोलुखुम्बु। वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा

शिक्षकहरूको अपेक्षा अनुरुपको शिक्षा ऐन आउन सकेन भने मुलुकको शिक्षा क्षेत्रले ठूलो क्षति व्यहोर्नु पर्ने स्थिति आउनसक्छ

-केशवप्रसाद भट्टराई । १. नेपाल शिक्षक महासङ्घले शिक्षक आन्दोलनलाई निर्णायक घडिमा पुर्याएको छ,

कानून निर्माण नगरी पानी जहाज कार्यालय किन स्थापना गरियो ? भन्ने सोबिता गौतमको प्रश्नमा यस्तो दियो मन्त्रालयले जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पानीजहाज कार्यालयले ६ वर्षमा गरेको