कास्की २ मा विद्याको नाम मात्र सिफारिश गर्ने निर्णय किन उल्टियो ?



पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नम्बर दुईको उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ ।

सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन् । प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित हुन् ।

यसअघि नेकपा जिल्ला कमिटीको कात्तिक ८ गतेको निर्णयले विद्या भट्टराईको एकल नाम सिफारिश गरे पनि केन्द्रले तीन जनाको नाम सिफारिश गर्न भनेकाले दुई जनाको नाम थपिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट कास्की इन्चार्जसमेत रहेका करणलाई सिफारिश गरिएको नेकपा गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिए । आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालेनको आक्रोशः भ्रष्टाचारी जोगाउने नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?

काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समितिमा आफूलाई नराख्न प्रधानमन्त्री केपी शर्मा ओली

हुम्लाको तिलगाउँमा तत्काल राहत सामग्री पठाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरुलाई तत्काल राहत

सरकारलाई बजेटमा योजना छान्न सकस, ‘प्रोजेक्ट बैंक’ का आयोजनामा कटौती

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन अब १० दिन बाँकी

कांग्रेस पार्टी सरकारमा भएपनि स्थानीय तहदेखि केन्द्रसम्म असन्तुष्टि र उकुसमुकुस छः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश बन्दैन भन्ने भाष्यलाई गलत सावित