यसरी मारिएका थिए आइएस प्रमुख बग्दादी(भिडियोसहित)



अमेरिकी सेनाले इस्लामिक स्टेटका नाइके अबु बकर अल-बग्दादीको मृत्यु हुनेगरी आफूले गरेको कारबाहीका तस्बिरहरू पहिलोपटक सार्वजनिक गरेको छ।

स्थल कारबाहीका लागि अल-बग्दादी लुकेर बसेको परिसरतर्फ अगाडि बढ्नुअघि अमेरिकी फौजले तल रहेका लडाकुहरूलाई निसाना बनाएको भिडिओमा देखिन्छ।

अमेरिकी केन्द्रीय कमान्डर जेनरल केनेथ म्याक्केन्जीले आफ्ना फौज र आत्मघाती विस्फोट गराउन ‘आत्मघाती पोसाक’ लगाएको ठानिएका मानिस आमुन्नेसामुन्ने भएको बताए।

जेनरल म्याक्केन्जीका अनुसार अबु बकर अल-बग्दादीले एउटा सुरुङभित्र गएर विस्फोट गराई दुई बालबालिकासहित आफ्नो ज्यान लिए। यद्यपि राष्ट्रपति डोनल्ड ट्रम्पले भने जस्तै आलापविलाप गरी बग्दादी मरेको कुराको जेनरल म्याक्केन्जीले पुष्टि गर्न सकेनन्।

“दुई साना बालबालिकासहित उनी सुरुङमा पसे। आफ्ना अरू मान्छे माथि नै भएको बेला आत्मघाती विस्फोट गराए। यसैबाट तपाईँ थाहा पाउन सक्नुहुन्छ कि बग्दादी कस्ता मानिस थिए भनेर,” म्याक्केन्जीले बताए।

उनका अनुसार आत्मघाती पोसाक लगाएका चार महिला तथा एक पुरुष सो परिसरमै मारिएका थिए। अमेरिकी हेलिकप्टरमाथि गोली चलाएपछि अज्ञात सङ्ख्यामा लडाकुहरू पनि मारिएको उनले बताए।

सो कारबाहीमा गैरसैनिकहरूको मृत्यु नहोस् भनेर निकै ध्यान पुर्‍याइएको उनले बताए। बग्दादीको अवशेषलाई पहिचान गर्न आफ्नो शिविरमा ल्याइएको र त्यसपश्चात् त्यसलाई २४ घण्टाभित्रै ‘सशस्त्र युद्धको नियमानुसार’ समुद्रमा व्यवस्थापन गरिएको म्याककेन्जीले जनाए।

पेन्टागनका अधिकारीहरूले आईएस लडाकुले प्रतिशोधको भावनाले आक्रमण गर्न सक्नेबारे आफूहरू जानकार रहेको बताएका छन्। यद्यपि आफ्ना नाइके बग्दादीको मृत्युबाट उनीहरू तनावमा रहेको अधिकारीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आईएईए प्रमुखद्वारा यूक्रेनी परमाणु उर्जा केन्द्रको निरीक्षण

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आइएईए)का प्रमुख युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको दुर्लभ

बेलायतले शरणार्थीलाई अब सैन्य अखडामा राख्ने

बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ । होटलको बिल

आज मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्ने भएका छन् ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन