नेपाली पक्षले गोप्य राखेको ओली-मडुरो भेटवार्ताको भिडियो सार्वजनिक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोबीच भएको वार्ताको भिडियो सार्वजनिक भएको छ । भेनेजुयलाका राष्ट्रपति मडुरोले ट्विटर ह्यान्डलमार्फत भेटवार्ता भएको भिडियो सार्वजनिक गरेका हुन् ।

दुई पक्षबीच अजरबैजानको राजधानी बाकुमा वार्ता भएको थियो । भेटवार्ताबारे भ्रमण टोलीका सदस्य, प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले गोप्य राखेका थिए । गत साता नामको १८ औं शिखर सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री ओलीले मडुरो र उत्तर कोरियाका प्रथम उपाध्यक्षलाई भेटेका थिए ।

भेटमा सहभागीहरुले समेत मडुरोसँगको भेटलाई अस्वीकार गरेपनि राष्ट्रपति मडुरोले ट्विट गरेको भिडियोमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकरदास बैरागी, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायत सहभागी छन् ।

Bilateral meeting with His Excellency Khadga Prasad Sharma Oli, Prime Minister of the Federal Democratic Republic of Nepal.

https://t.co/48j282zidA

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँको डुम्रेमा बस दुर्घटना, ६ जना घाइते

दमौली । तनहुँको डुम्रेमा बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन्

नारायणगढ–बुटवल सडक निर्माणको ६६ प्रतिशत भौतिक प्रगति, अहिले दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको

‘एभरेष्ट समिटर समिट’ मा १६ देशका एक सय ७७ आरोही सहभागी हुने

  काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय

चट्याङ लागेर २३७ जनाको मृत्यु, ९०८ घाइते

झापा । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको