मैले मोदीसँग आँखा जुधाएर कुरा गरेको छु हुलाकी मार्ग बनाउने कि नबनाउने भनेरः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रराष्ट्रको साथ रहेको बताएका छन् ।

बुधबार महोत्तरीको पिपरामा नेकपा महोत्तरीले आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले दुवै छिमेकी मुलुकको विकास चासोमा नेपाल परेको बताएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनपिङले नेपालको विकासबारे साझा चासो व्यक्त उनले बताए । नेपालको विकास र समृद्धिका लागि कृषिमा आधुनिकीकरण आवश्यक भएको प्रचण्डको भनाइ थियो ।

उनले भने, “यस कुरालाई हृदयङ्गम गरेर नै नेकपा नेतृत्वको सरकारले तराईका फाँट÷फाँटमा सिँचाइ पु¥याउन सुनकोशी–कमला र सुनकोशी–बाग्मती डाइभर्शन योजना अघि सारेको हो ।”

प्रचण्डले आउने मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीका जनतालाई नेकपाको पक्षमा मतदान गर्न पनि अपिल गरे । जनतासँग सधैँ आफ्नो पार्टी साथ रहने प्रचण्डको भनाइ थियो । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष र मटिहानी तथा बलवा नगरपालिकाका गरी तीन वटा वडाका वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये धेरैजसो नेकपाले शुरु गरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

प्रचण्ड रोल्पाको थबाङ पुग्दा…

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन अख्तियार पठाउने लेखा समितिको निर्णय

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारबारे