पूर्वराजा शाहका सुझाव मनन् गर्लान् त परिवर्तनकारी दलहरुले?



हातमा खबर टिप्पणी ।

  • ‘सर्वप्रथम तपाईँहरुलाई र तपाईँहरुमार्फत समस्त नेपाली दाजुभाइ दिहीबहीनीहरुलाई आजको यो पावन अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । देशको परिस्थितिको कुरा गर्नुपर्दा खेरी केही हप्ता अगाडि मैले एउटा सन्देश दिएको थिएँ म त्यो सन्देश फेरि सबैलाई मनन् गर्न आग्रह गर्दछु ।’
  •  ‘जुनसुकै पनि परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुनुपर्छ । एउटा प्रवृत्ति र अर्को विकास । यी दुईटा कुरालाई मनन् गरेन र बुझेन भने परिवर्तनको माने हुँदैन, परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ । विकास भनेको कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्नुपर्ने कुरा हो तर आज कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन होइन । आज परिवारजनसँग शान्त सुखद वातावरणमा बस्ने अवसरको दिन हो । सबैले त्यो अवसर पाओस्।’
  •  ‘केहीदिन अघि हामीहरु सबैले लक्ष्मीपूजा मनाएका थियौँ । धेरैले भएको धन नमासियोस् भनेर प्राथना गरे होलान्, कतिले भएको धन अझ वृद्धि होस् भन्ने अभिलासा राखे होलान् । र, मैले चाहिँ धन हुनेलाई मन पाइयोस् र मन हुनेलाई नेपालीपन पाइयोस् भनेर प्राथना गरेको थिएँ ।’
  •  ‘त्यही दिन मलाई हाम्रो कविवर लक्ष्मीप्रसाद देवकोटाको पनि सम्झना आएको थियो । उहाँले लेख्नुभएको कुरा थियो । सुख भनेको के हो ? र, उहाँले नै जवाफ दिनुभएको छ । आफैलाई नै मेटिएर भए पनि अर्काको सुख गर्नु नै सुख हो । यहि भावना हामी सबैमा छाओस् यहि विचारले हाम्रो जिन्दगी राम्रो र सुख शान्तिसँग बस्न पाओस् भनेर मेरो कामना छ धन्यवाद ।’

वर्ष २०७६ को भाईटीका मनाउदै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँका बेला आफूले दिएको सन्देशको मनन् गर्न सबैलाई आग्रह गर्दै उपरोक्त विचारहरु सम्वाददाताहरु मार्फत सार्वजनिक गरेका हुन् । बहिनी शोभाराज्यलक्ष्मी शाहीबाट भाइटीका ग्रहण गरिसकेपछि मंगलवार संवाददाताहरुसँग बोल्दै पूर्वराजा शाहले दसैँका बेला आफूले दिएको सन्देश फेरि सबैलाई मनन गर्न आग्रह गरे ।उनले परिवर्तन हुँदा खेरीका दुई कुराप्रवृत्ति र विकासका कुरालाई महत्व दिन आग्रह गरे ।

पूर्व राजा शाहका यी भनाई आफैंमा आलोच्य छैनन्, न त उनले जनभावना बिपरित नै कुनै कटाक्ष गरेका छन् । तर पनि उनका यिनै भनाईले अबको नेपाली राजनीति तरंगित हुने पक्का छ

पूर्व राजा शाहका यी भनाई आफैंमा आलोच्य छैनन्, न त उनले जनभावना बिपरित नै कुनै कटाक्ष गरेका छन् । तर पनि उनका यिनै भनाईले अबको नेपाली राजनीति तरंगित हुने पक्का छ । किनभने सत्ता राजनीतिमा कुनै साईनो नभए पनि पूर्वराजा शाहका हर बखतका बाणी र विचारले सत्ता राजनीतिलाई त्रसित र भयभित गराउँदै आएको छ ।

पूर्व राजा शाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसंग उप्काउदै धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन होस् भनेर कामना गरेको जुन प्रसंग सुनाए, त्यसले उनको राष्ट्रवादी पहिचान, अडान र भावनालाई अरु बढी मुखरित गरेको छ ।

पूर्व राजालाई देश र देशवासीको हित र विकासको चिन्ता छ भन्ने कुरा उनले परिवर्तन र विकास जनताले सजिलोसंग अनुभूत गर्न पाउन भन्ने कामनाबाट बुझ्न सकिन्छ । परिवर्तन देशको राजनीतिक व्यवस्थासंग मात्रै होईन जनताको दैनिक अवस्थासंगै होओस भन्ने कामना पनि पूर्व राजाको अभिव्यक्तिमा निहित रहेको देखिन्छ ।

दशैंको अवसरमा आफूले दिएको सन्देश पुनः स्मरण गर्न पूर्व राजाले दिएको सन्देश आफैमा परिवर्तनकारी राजनीतिक दलहरुलाई एउटा सच्चिने र सुध्रिने मार्गचित्र थियो । तर त्यसमा दलहरु गम्भीर भएको नपाईएकैले हुनुपर्छ, उनले विकासको अनुभुति जनतालाई दिलाउन पनि परिवर्तनकारी शक्ति अर्थात दलहरुलाई पुनः सचेत गराएका हुन । यसमा उनको पुनः सत्ता संहाल्ने शासकीय महत्वाकांक्षा देखिदैन ।

तिहारको दियो जस्तो आफै जलेर जनताको खुसी खोज्ने पूर्व राजा शाहको अभिव्यक्ति साँच्चै जनभावना अनुकुल अघि बढ्ने खास्सा जनवादी चिन्तन, चरित्र र भावना नै हो ।

जनताको भलो र विकास भए आफू जनताको खुसीमा नै रमाउने सन्देश उनले दिएका छ। तिहारको दियो जस्तो आफै जलेर जनताको खुसी खोज्ने पूर्व राजा शाहको अभिव्यक्ति साँच्चै जनभावना अनुकुल अघि बढ्ने खास्सा जनवादी चिन्तन, चरित्र र भावना नै हो ।

दशैंका अवसरमा पूर्वराजाले सन्देशमा अघि भनेका थिए, ‘राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्वहितकारी हुनुपर्दछ, अनि त्यो सर्वग्राह्य पनि बन्नू पर्दछ। पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापी हाम्रो भलो हुँदैन। एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्याउने र आआफ्नो कमिकमजोरीलाई ढाकछोप गरी, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृति कुनै पनि अर्थमा राम्रो होइन ।’

आफ्नो एक मात्रै चाहना र उद्देश्य देशको उन्नती बाहेक अरु केही नरहेको उनले सन्देशमा उल्लेख गरेका थिए । दशैं सन्देशमा भनिएको थियो, ‘भगवानको आशिर्वादले यो देश उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नु पर्दछ।

तर राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि बिद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन। त्यसकारण प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्य्विधिभन्दा सम्याउने, सुल्झाउने, सच्याउने र राष्ट्रिय आदर्श बमोजिम समझदारीका साथ अघि बढ्ने अटुट प्रयत्न हुनुपर्दछ। नेपाल हाम्रो हो, हामी नेपाली हौँ र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ।’

बडादशैं र त्यसको लगत्तै आएको तिहारमा पूर्व राजा शाहले दिएका सन्देशमा जोड दिईएको कुरा भनेको विकास नै हो । देशको उन्नतिमा , शान्ति र अमनचयनमा परिवर्तनकारी शक्तिहरुले सबै ध्यान लगाउन पर्नेमा उनले जोड दिएर जनताको बोली बोलेका छन् ।

तर के परिवर्तनकारी शक्तिहरु, जसले देशलाई गणतान्त्रिक बनाए, उनीहरुले पूर्व राजा शाहका देशभक्तिपूर्ण विकास र उन्नतिका सुझावहरुलाई मनन गरेर जनताको हतिमा काम गर्न सक्लान त ? यो भने निकै पेचिलो प्रश्न हो ।

देशको उन्नतिमा , शान्ति र अमनचयनमा परिवर्तनकारी शक्तिहरुले सबै ध्यान लगाउन पर्नेमा उनले जोड दिएर जनताको बोली बोलेका छन् ।

दलहरुले अब पूर्वराजालाई पुनः सल्बलाउन थालेको वा शक्तिको भोक देखाएको आदि ईत्यादि भनेर आरोपित गर्न लागे भने त्यो उनीहरुको देश र जनताप्रतिको ईमानदारिता भन्दा पूर्वराजा शाहको व्यक्तित्व र विचारप्रतिको पूर्वाग्रही कटाक्ष मात्रै हुनेछ ।

तर पूर्वराजाका विचार र वाणीलाई सकारात्मक ढंगमा ग्रहण गरेर अघि बढ्ने हिम्मत दलहरुका नेताले गरेमा भने, त्यो दलहरुको जनतामाझ अरु निकट हुने र जनताको विश्वास जित्ने अर्को नविन अवसर हुनेछ । त्यसैले दलहरुले पूर्व राजा शाहका विचारलाई मनन गरेर व्यवहारमा लागू गर्नु नै दलहरुका लागि शुभ हुनेछ । त्यो उदार छबी दलहरुले देखाउन सकून् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकको अवस्थाकाबारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्छः गौतम

काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर निर्वाचनमा भाग

सरकारप्रति विश्वास र भरोसा नरहेकाले प्रधानमन्त्रीलाई राजीनामा दिन सांसद सापकोटाको सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।

व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता  लडाउने काम भयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने

पूर्वराजालाई कांग्रेस सांसदको चुनौतीः यदि सत्तामा फर्किने हो भने ८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस

काठमाडौं । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचनमा भाग लिएर