व्यंग्यः हेल्लो सरकार ! जुवा खेल्न पाम



ज्ञानबहादुर क्षेत्री । 
प्रसिद्ध नेपाली लोक गायिका कोमल वली अघिल्ला तीजहरुमा बान्की मिलाएर गाउँदै भन्थिन्, पोईल जान पाम, पोईल जान पाम । विचरा त्यतिबिघ्न लोकप्रिय लोक गायिका वली विवाह गर्न नभ्याउदै बरु झण्डै मन्त्री बनिन् । माननीय त अहिले नै भ्याईहालिन् ।

विहे नभए पनि माननीय भएकी ओली भाग्यमानी पनि हुन् । शायद पोईल जान नपाएकीले उनले माननीय हुन पाईन् । खैर, पोईल जान पाए नी नपाए नी जुवा खेल्न पाम भन्ने नै अहिले जनताको मुख्य माग र एजेण्डा हो । सरकार यति माग र एजेण्डा पुरा गरिदिन परो है ।

यसवर्षको झिलीमिली तिहारको छेकोमा जुवा खालका खबर सुनी, देखि, पढी गरेपछि जनता भन्छन्, कोमल वलीकै गीति भाकाको प्यारोडी अवतारमा, सरकार जुवा खेल्न पाम । हेल्लो मेरो सरकार, जुवा खेल्न पाम । जुवा नै हो जनताको मनपर्ने खेल । जनताको मनछुने रमाईलो र लोकप्रिय खेल ।

सरकार, जुवा खेल्ने धनीमानीले हो, मुटु बलियो भएकाहरुले हो । धनीले जुवा खालमा नै भे पनि मोटो रकम ल्याउँदा रेछन् । प्रहरीले रेड हान्दा महाराजगंजमा भेटिएको पौने तीन करोडको क्यास एउटा ससानो गाउँ ठाउँको बजेट नै हो ।

खैर, पोईल जान पाए नी नपाए नी जुवा खेल्न पाम भन्ने नै अहिले जनताको मुख्य माग र एजेण्डा हो । सरकार यति माग र एजेण्डा पुरा गरिदिन परो है ।

त्यसैले बडे बडे धनीमानी साहुजन, व्यापारिक घराना, उच्च ओहदावाल वर्तमान तथा भूतपूर्व मन्त्रीहरुदेखि विशिष्टहरु सबैको ओसिएको धन बाहिर निकाल्नकै लागि भे पनि जुवा खेल्न पाम न सरकार ।

जुवा खेल्ने भीभीआईपी र भीआईपीहरुलाई पुलिसले समातेर पनि नथुन्ने रहेछ । नाम चलेका, शक्ति भएकाहरुलाई समातेर पनि छाडिदिने रैछ । अनि जब भीआईपीहरुलाई कानुन लाग्दैन भने किन नदिनु जुवा खेल्न ? त्यसैले सरकार जुवा खेल्न पाम ।

सरकारकै पुलिसले त हो नी खेलकुद परिषदका उप नेता जुवाको खालमा समातिदा पनि कारवाही गरेन । न्यायलयका न्यामूर्ति नै खालमा पुग्दा पनि दृष्टि पुर्याएन । पूर्वमन्त्रीलाई पनि जुवा खालबाट ससम्मान नै उन्मुक्ति दियो । वहालवाला मन्त्री तथा यार्सा व्यापारी त नाम लुकाएरै जुवाको खालबाट ओझेल परे ।

महाराजगंजको होटल साम्वला पछाडिको गौतम बन्धुको मिनि क्यासिनो स्तरको आलिशान महलबाट, घरबाट दुईदर्जन मान्छे मात्रै राजधानीका नामी जुवाडेका रुपमा सम्मानित हुन पाए । भागेका वा प्रहरीबाट नै भगाईएकाहरुको नामी जुवाडे हुने अधिकार नै खोसियो सरकार ।

पूर्वमन्त्रीलाई पनि जुवा खालबाट ससम्मान नै उन्मुक्ति दियो । वहालवाला मन्त्री तथा यार्सा व्यापारी त नाम लुकाएरै जुवाको खालबाट ओझेल परे ।

उनीहरु जसलाई पुलिसले माथिको आदेश वा पैसाको ताकतको दवाब र प्रभावमा ओझेल पारिदियो, त्यसले उनीहरुको खेल्न पाउने अधिकार नै कुण्ठित गरयो । उनीहरुको जनतामाझ पुग्ने अधिकार नै कुण्ठित भो । त्यसैले जुवामा सबैको समानुपातिक अधिकार स्थापित गर्न पनि जुवा खेल्न पाम न सरकार ।

नेपाली लोकभाका खेल्नु हुन्न जुवा र तास, धनको नाश, जीवनको बनवास………भन्ने सन्देश नै पुरानो भैसक्या हो । त्यसैले अबको जुवा डिजीटल्ली, ग्लोबल्ली, एचडी फर्म्याटमा टोल टोल र बस्ती बस्तीमा गाउँ शहर जताजतै खेल्न पाउनै पर्छ सरकार । आखिर जाबो एक खेल न हो जुवा । यो कुनै पाप वा अपराध पनि त होईन ।

ओलम्पिक, विश्वकप आदिमा नसमेटिदैमा न्यायधिश, मन्त्री, साँसद, व्यापारी, आदिले खेल्ने जुवालाई यसरी कारवाहीको दायरामा राख्नु हुन्न नी सरकार । त्यसैले सरकार जुवा खेल्न पाम । प्लीज सरकार जुवा खेल्न पाम ।

जुवा त गाउँलेले हलो जोत्दा नै गाउँ गाउँमा देखे भोगेका छन् । जुवामा उता गाउँतिर गोरु बाधिन्थे, यता शहरतिर विशिष्टहरु नै आफै राजीखुसीले बाधिदा रैछन्, नारिदा रैछन, रमाउँदा रैछन् । मनलाग्दी नारिएर खेल्न पाउने कोठे गेम न रैछ आखिर, इण्डोर गेम । त्यसैले जुवा खेल्न पाम न सरकार । ईण्डोर गेमले मास हिष्टेरिया हुने डर पनि त रैन्छ नी त ?

सरकारले जुवामाथि पूर्ण प्रतिवन्ध गरेको पनि त हैन आखिर । यो कुनै हुलदंगा हुने, गर्ने गेम पनि हैन रैछ । जुवासंग अल्कोहलिक जुसको सेवन बढने हुँदा सरकारको व्यापार र आय पनि बढ्ने रैछ । सरकारले आम्दानी बढाउन पनि, धनीमानी, पैसावाललाई चलायमान र दिल खुस राख्न पनि जुवा खेल्न त दिनै पर्ने देखियो नी सरकार । त्यसैले जुवा खेल्न पाम न सरकार ।

जुवा त गाउँलेले हलो जोत्दा नै गाउँ गाउँमा देखे भोगेका छन् । जुवामा उता गाउँतिर गोरु बाधिन्थे, यता शहरतिर विशिष्टहरु नै आफै राजीखुसीले बाधिदा रैछन्, नारिदा रैछन, रमाउँदा रैछन्

मूलतः नेपालीहरुले जुवा, कौडा हान्ने पनि तिहारको छेकोमा हो । यो त दुई तिहाई बहुमतको शक्तिशाली सरकार पो हो त । यसले जाबो तिहारको दुईचार दिन पनि कौडा हान्न नदिने हो भने जनताको सरकारप्रतिको भरोशा नै टुट्न सक्छ । त्यसैले जुवा खेल्न पाम है सरकार । जसरी भे पनि पाम ।

यसपालीलाई त सरकारले तिहार सिद्धिन लागो भनेर पन्छिन सक्छ, तर आगे सालहरुमा धक फुकाएर, छाती फलाएर जुवा खेल्न पाम सरकार । देशको असली जुवाडे बन्न पाम न सरकार ।

आखिर सरकार तिमी पनि जुवा खेलिरहेकै छौ, जनताको विश्वासलाई वेवास्ताको जवाफका साथ । सपनाको उधारो व्यापारमा तिमी सरकारले जनताको अपेक्षालाई कौडी बनाउन मिल्ने अनि जनताले राजीखुसीले कौडा हान्न किन नपाउने र सरकार ? कौडा भनेनी जुवा भने नी खेल्न पाम । आगे जनताको मर्जी चुनावका बेला था भै जाला नी । त्यसैले प्लीज सरकार जुवा खेल्न पाम । सरकार जुवा खेल्न पाम …….
धनको नाश, जीवनको वनवास….

 [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय