कुलमानको पौरखमा उज्यालिएको देश, जय कुलमान



उदयराज ढकाल ।
एउटा मान्छे जाग्दा, देश जाग्यो । एउटा मान्छेको इमानले सिंगो देशको मुहार धपक्कै बल्यो । एउटा मान्छेको दृष्टिले संसारकै आँखा छर्लङ्ग खुल्यो । र, त बितेको २ सालदेखिको नेपालीहरुको महान चाड तिहार शव्दमा मात्रै होईन, साँच्चै यथार्थमा नै घर घर र बस्ती बस्तीमा झिलिमिली हुन सक्यो । यो सबै एक असल व्यक्तिको असल कर्मको दिगो उपज हो । निस्वार्थ राष्ट्रसेवकको कर्मको पौरखमा देशले आर्जेको सफलता र जनताले पाएको खुसी हो, उज्यालो हो ।

उसै पनि तिहार अर्थात् दीपावली घर घरमा उज्यालो छर्ने र घर घरका जनका जीवनहरुमा समृद्धि भर्ने आस्था र विश्वासको सनातनी चाड हो । धनधान्यकी देवी लक्ष्मीको घर घरमा वास हुने विश्वासमा जनजनले घर घर र बस्ती बस्तीमा उज्यालो भर्न वर्षौदेखि पाएकै थिएनन् ।

बिजुली निकाल्थ्यो पनि, बेच्थ्यो पनि, बाँड्थ्यो पनि । तर अहँ पुग्दो गरी न जनताले बिजुली बाल्न पाएथे, न घर घरमा उज्यालोमा रम्न नै पाएथे ।

थिएन भन्दा देशमा विद्युत अड्डा पनि थियो । बिजुली निकाल्थ्यो पनि, बेच्थ्यो पनि, बाँड्थ्यो पनि । तर अहँ पुग्दो गरी न जनताले बिजुली बाल्न पाएथे, न घर घरमा उज्यालोमा रम्न नै पाएथे ।

तर ती सबै कहानी भए अचेल पोहोर पराहार सालदेखि नै । बिजुली नेपालमा नै जनजनका घरलाई झलमल्ल पार्न पुग्ने गरी उत्पादन पनि भएकै रहेछ । अपुग बिजुली छिमेकी भारतबाट ल्याउने चाँजोपाजो मिलाउन नजान्नेहरुले, भएको बिजुलीको समानुपातिक र वैज्ञानिक ढंगले वितरण गर्न नजान्नेहरुले र बिजुली जनताको अधिकारको सम्पत्ति हो भन्ने आत्मज्ञान नभएकाहरुको बिजुली अड्डामा चलेको निरन्तरको हालीमुहाली मात्रैका कारणले देश पोहोर पराहारसम्म अन्धकारमा धकेलिएको रहेछ ।

२४ घण्टे दिनमा १८ घण्टे लोडसेडिङको जबरजस्त घिचाई त केवल विद्युत प्राधिकरणका असक्षम र जनविरोधी नेतृत्वकर्ताहरुको पट्मुख्र्याई र वेईमानीको उपज मात्रै रहेछ ।

२४ घण्टे दिनमा १८ घण्टे लोडसेडिङको जबरजस्त घिचाई त केवल विद्युत प्राधिकरणका असक्षम र जनविरोधी नेतृत्वकर्ताहरुको पट्मुख्र्याई र वेईमानीको उपज मात्रै रहेछ ।

हो यही कुरा सिद्ध गरे बितेका तीन साल अघिदेखि नेपाल विद्युत प्राधिकरणका एमडी बनेर देशलाई उज्यालोमा बदलिदिएका जनताका छोरा कुलमान घिसिङले । र, त देशको उज्यालोका लागि जनताको हिरो भएका छन्, उनै कुलमान घिसिङ । आउनुहोस् जनजनले घरघरका दीप प्रज्जवलनका साथैमा साधुवाद दिऔं, उनै बस्ती बस्तीमा उज्यालो छर्ने र भर्ने कुलमानलाई, विद्युत प्राधिकरणका पहिलो जनवादी राष्ट्रसेवकलाई ।

वर्ष २०७६ को यो तिहार सबैतिर झिलिमिली उज्यालोमा बितिरहँदा जनताका हर उज्यालोका प्रकाशहरुमा, छायाँ, मायाँ र पौरख उनै कुलमानको देखियो । किनकी यदि कुलमान नेपाल विद्युत प्राधिकरणका एमडी कतै हुँदैन्थे भने यसपाली पोहोर साल भन्दा पनि नियमित बिजुली नहुन सक्थ्यो ।

पोहोर पराहारदेखिको उज्यालो बढाउँदै बढाउँदै लोडसेडिङमुक्त देश करीब ३६ महिनाको कार्यकालमा नै गरिसकेका ती महान पौरखी कुलमान प्राधिकरणका मात्रै होइन, देशकै हिरो हुन् । सलाम गरौं, नमन गरौं उनको उज्यालो देशको नयाँ इतिहासलाई ।

हो, कुनै पनि सरकारी निकायमा सक्षम र योग्य नेतृत्व छनौट भयो भने संकटमा परेको संस्था पनि सहज अवस्थामा पुग्न मात्रै होइन उकालो लाग्न सक्छ भन्ने जीवन्त नमूना प्राधिकरण बन्दै गर्दा देशको मुहार नै बदलिएको छ अचेल । यसैको ज्वलन्त उदाहरण हो कुलमान नेतृत्वको नेपाल विद्युत प्राधिकरण ।

ती महान पौरखी कुलमान प्राधिकरणका मात्रै होइन, देशकै हिरो हुन् । सलाम गरौं, नमन गरौं उनको उज्यालो देशको नयाँ इतिहासलाई ।

भ्रष्ट र कमिसनको खेलमा लाग्ने व्यक्ति रहुन्जेल अस्तव्यस्त भएको प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएसँगै सुधार भएको हो । घिसिङले प्राधिकरण सम्हाल्नुअघि घाटा मात्रै होइन, लोडसेडिङले दिक्क बनाएको थियो भन्ने त अब उहिले उहिलेको कथा जस्तो मात्रै भैसक्यो नै ।

प्राधिकरण नाफामा, जनता उज्यालोमाः

नेपाल विद्युत प्राधिकरणले एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि भएको छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरण लाइनको सुदृढीकरणमा केन्द्रित भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ । यो सबै कुलमानको सही नीति, नेतृत्व र पहलकदमीको एकमुष्ठ उपलव्धी हो ।

जब कुलमान पुगे नेतृत्वमा तब विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको गएकै छ । घिसिङले नेतृत्व सम्हाले लगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो । अरुबेला लोडसेडिङको सूचना फर्माउने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहातको प्राधिकरणको आर्थिक वृद्धिको आशालाग्दो फिगर दिन थालिसक्यो ।


नाफा कमाउन प्राधिकरणले विगतको तुलनामा चुहावट नियन्त्रणको प्रतिशत समेत बढाएको छ । यो आर्थिक वर्षमा विद्युत् चुहावट अघिल्लो वर्षको तुलनामा ५.३२ प्रतिशतले कमी आएको छ । विद्युत खरिद नेपाल विद्युत् प्राधिकरणले नेपाली उत्पादकबाट नीजि उत्पादनकबाट १४ अर्ब १३ करोडको खरिद गरेको छ भने भारतबाट २३ अर्ब ३ करोड खरिद गरेको छ ।

२०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।

त्यसपछिका आर्थिक वर्ष २०७४ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमायो । यो वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भएको हो । विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी पनि १५ अर्ब १३ करोडमा झरेको छ ।

कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो । आर्थिक वर्ष २०७४/७५मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले एक वर्षमा नै सञ्चिती नोक्सानी १० अर्बले घटाएको छ ।

बिजुली अफिसमा आर्थिक समृद्धिः

विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो ।२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए ।

उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो ।
तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।

त्यसपछिका आर्थिक वर्ष २०७४, ७५ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमायो । यो वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भएको छ ।योसँग विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी १५ अर्ब १३ करोडमा झरेको छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो । आर्थिक वर्ष २०७४, ७५मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले एक वर्षमा नै सञ्चि नोक्सानी १० अर्बले घटाएको छ ।

एक वर्षमै ५ प्रतिशत घटेथ्योे विद्युत चुहावटः

प्राधिरकणले वर्षैसाल आफ्नो सञ्चित नोक्सानीलाई खुम्च्याउँदै लगेको छ । अबको एक देखि दुई वर्षमा प्राधिकरण सञ्चित नोक्सानीबाट बाहिर निस्कने अनुमान गरिएको छ ।

प्राधिकरणले आफ्नो नाफा बढाउँदै लगेकाले सञ्चित नोक्सनीलाई शुन्यमा झार्न लामो समय नलाग्ने सम्वद्ध अधिकारीहरु बताउँछन् ।
३४ वर्ष अघिसम्म प्राधिकरण निरन्तर घाटमा थियो । आव ०६६/६७ मा प्राधिकरणले ६ अर्ब ९६ करोड घाटा बेहोरहेको थियो । प्राधिकरणलाई आव ०६७/६८मा ६ अर्ब ९ करोड, ०६८/६९मा ९ अर्ब ९५ करोड, ०६९/७०मा ३ अर्ब ४० करोड र ०७०/७१ मा ५ अर्ब १३ करोड घाटा भएको थियो । कुलमान घिसिङ कार्यकारी भएर आउँदा यस्तो घाटा ८ अर्ब ८९ करोड थियो ।

प्राधिकरण उच्च घाटमा गएपछि आव ०६७र६८मा सरकारले सबै सञ्चित नोक्सानी मिनहा गरेको थियो । त्यतिबेला प्राधिकरणको २७ अर्ब १८ करोड रुपैयाँ सञ्चित नोक्सनीलाई सरकारले मिनाहा गरेको थियो ।

उत्पादनमा छलाङ मार्दै कुलमानको पौरखः

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो ३ वर्षको उपलब्धी र आगामी एक वर्षको कार्ययोजना सार्वजनिक गर्दा कतै पनि जनता निराश हुनुपर्ने तथ्य तथ्याँक छैन ।

कुलमानले तीन वर्षअघि प्राधिकरणमा नेतृत्व गर्दा नेपालीले दैनिक ८ घण्टाको लोडसेडिङ व्यहोरिरहेका थिए भने प्राधिकरण ९ अर्ब रूपैयाँ वार्षिक खुद घाटामा रहेको थियो ।

यतिबेला देश लोडसेडिङमुक्त भएको छ । लामो समयदेखि बन्द रहेका जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । अबको एक वर्षमा एक हजार मेघावाट भन्दा बढी विद्युत उत्दान गर्ने योजनाहरू निर्माणको प्रक्रियामा छन् ।

कुलमानकै सक्रियताका कारण यो कामले सार्थकता पाएको हो । तीन वर्षअघि ८ अर्ब ८९ करोड प्राधिकरणको खुद नोक्सानीमा रहेको प्राधिकरणलाई अहिले ७ अर्ब २० करोड खुद नाफा आर्जन गर्ने बनाएका छन् ।

यस्तै अन्य योजनाहरू कुलमानकै सक्रियामा भएका हुन् । आगामी एक वर्षको महत्वपूर्ण ३५ योजना पुरा गर्ने सम्वृद्धि यात्रा निरन्तर छन, उनै पौरखी कुलमानका पाईलाहरु, स्पष्ट भिजन, मिसन र प्लानहरुका साथ ।

त्यसैले त कुलमान देशकै हिरो, जनताका हिरो भएका छन । २०७३ भदौमा प्राधिकरणको नेतृत्व पाएदेखि नै उनले देशलाई केवल दिए, उज्यालो र खुसी । उज्यालो दिने कुलमानले देशको समृद्धिको सपनालाई आफ्नो कर्मबाट सिद्ध गरिरहदा कामचोर र जनविरोधी राष्ट्रसेवक वा शासक सबैलाई पाठ पनि सिकाईरहेका छन, ईमान र कर्मनिष्ठाको ।

देशले राज्यका सबै अंगहरुमा यस्तै देशहितको खातिर, जनताको दैनिकीमा उज्यालो भर्नैका लागि आफ्नो जीवन समर्पण गर्ने कुलमानहरु पाईरहन सकोस । यसो भएमा कुलमानको पौरखमा सिंगै देशको सर्वाङ्गीण र सर्वकालिक विकास सम्भव हुनेछ । त्यसैले, अरु अरु राज्यका निकायहरुमा नयाँ कुलमानहरुको उदयको कामना सहित पुनः सत्त नमन, उनै उज्यालो दिने प्राधिकरणका सफल कुलमानलाई । जय कुलमान घिसिङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११