धारा ३७० बाट मुक्त कश्मिरलाई नियाल्दा



डा. गोविन्द उपाध्याय|

भनिन्छ, सप्तऋषि मध्येका एकजना मन्त्रद्रष्टाकश्यप ऋषिले कश्मिरको स्थापना गरेका थिए | यो सत्य हो कि भारत स्वतन्त्र हुँदाका वखत जम्मु-कास्मिर एउटा स्वतन्त्र राष्ट्र थियो | तेस बखत काश्मिरका राजा हरिसिंह थिए | उनले मुस्लिमहरूले हिन्दूहरूसंग के-कस्तो ब्यबहार गर्नसक्छन् भन्ने तत्थ्य बुझेका थिए |

सन् १९४७ मा भारतवर्षीय राज्यहरू एक-आपसमा गाभिएर/गाभेर आजको भारत निर्माण भएको हो भने तेसै वखत मुसलमानहरूले आफ्ना लागि धार्मिक राष्ट्रका रूपमा पाकिस्तानको निर्माण गरेका थिए | पछि पाकिस्तान पनि टुक्रिएर वंगलादेश बन्यो | पाकिस्तान र वंगलादेश दूवै मुस्लिम राष्ट्र हुन् | यी दुई राष्ट्रमा विश्वको सबैभन्दा बढी मुसलमान जनसंख्या छ |

मुस्लिमवहुल राष्ट्रभए पनि राजा हरिसिंहले कश्मिरलाई हिन्दू वहुल भारतमा गाभ्ने निर्णय गरे | यो कुरा नवनिर्मित इस्लामिक राष्ट्र पाकिस्तानलाई कत्तिपनि चित्त बुझेन |

यही कास्मिरी विवादका कारण सन् १९४७ देखि भारत र पाकिस्तान वीच तीन-चारबटा युद्ध भैसकेका छन् | हालै भारतले धारा ३७० हटाएर जम्मु-कास्मिरलाई आफ्नो अभिन्न अंगक रूपमा घोषणा गरेपछि पाकिस्तान रिसाएको छ |

हालै भारतले धारा ३७० हटाएर जम्मु-कास्मिरलाई आफ्नो अभिन्न अंगक रूपमा घोषणा गरेपछि पाकिस्तान रिसाएको छ |

असलमा, अहिले कास्मिर तीन भागमा विभाजित छ र पाकिस्तान, चीन र भारतले आ-आफ्नो त्रुक्रामा शासन गरिरहेका छन् | हाल पाकिस्तानसंग भारतीय कास्मिर भन्दा पनि ठूलो भूभाग छ जसलाई राजनैतिक भाषामा “स्वतन्त्र कास्मिर” भन्ने गरिएको छ | ब्यबहारमा भने यो पाकिस्तान नै हो |

असलमा, पाकिस्तानले कास्मिरका लागि मरिमेट्नुको कारणचाहिं नितान्तधार्मिकमात्रै हो किनभने कास्मिरको ९०% जनसंख्या मुसलमान छ | स्वाभाविक रूपले पाकिस्तान निर्माण हुँदा कास्मिरको मुस्लिम बाहुल्यले पाकिस्तानसंग जोडिने इच्छा गर्थ्यो होला तर तेहाका राजा हिन्दू भएकाले तेसो हुन सकेन र भारतसंग गाभिने निर्णय गर्यो |

हाल भारतले धारा ३७० हटाएपछि पुन: कास्मिर चर्चामा छ | कास्मिरका सवालमा विश्वमत विभाजित छ | कास्मिरको समस्यालाई बुझ्ने आ-आफ्नै चस्मा छन् |

पाकिस्तानले कास्मिरका लागि मरिमेट्नुको कारणचाहिं नितान्तधार्मिकमात्रै हो किनभने कास्मिरको ९०% जनसंख्या मुसलमान छ |

सन् १२०० तिर जन्मेका कास्मिरी इतिहासकार कल्हणले लेखेको राजतरंगिनीका अनुसार कश्यप ऋषिले कास्मिरको स्थापना गरेका थिए भने दोस्रो प्रसंग चाहिं कश्यप ऋषिको आज्ञाले ब्राह्मणहरूले पानीले भरिएको पोखरी (क-पनि सिमेर अर्थात् खोल्नु) खोलेर कास्मिरलाई आवाद गरेका थिए |

हामी नेपालीहरूले बुझ्नु पर्ने कास्मिर नितान्त फरक छ | कास्मिरको बनावट नेपालझैं पहाड, हिमाल र तराईमा विभाजित छ तर देशको ८०% भूभाग पहाडी र हिमाली छ |

भारतीय, चिन र पाकिस्तानी कास्मिरलाई जोड्ने हो भने कास्मिरको भूभाग नेपालभन्दा लगभग ६ गुणा ठूलो हुन्छ र सबैको मिलाएर जनसंख्या लगभग साढे चारकरोड हुन्छ | धेरै कुरामा नेपालसंग मिल्दो छ |

कास्मिर नेपालझैं वैदिक संस्कृतिको उद्गम तथा विकासको थलो हो | सन् ७०० तिर मुसलमानहरूले आक्रमण नगर्दासम्म विशुद्ध वैदिक तथा बौद्धहरूको तपोथल थियो |

कास्मिरको भूभाग नेपालभन्दा लगभग ६ गुणा ठूलो हुन्छ र सबैको मिलाएर जनसंख्या लगभग साढे चारकरोड हुन्छ | धेरै कुरामा नेपालसंग मिल्दो छ |

केही इतिहासकारहरूले जिसस क्राइस्टले समेत कस्मिरमा आएर वैदिक संस्कृतिको अध्ययन गरेको भनेर लेखेका छन् भने केही पश्चिमा इतिहासकारहरूले त झन् जिसस क्राइस्टको निधन नै कास्मिरमा भएको भनेर ठोकुवा गर्दै तेहा रहेको जिसस-क्राइस्टको समाधिस्थलको उल्लेख गरेका छन् |

कास्मिरको दुर्भाग्य सन् ७८० तिरबाट आरम्भ भएको हो किनभने यो दशकमा तुर्क-मुस्लिमले पहिलो आक्रमण गरेका थिए | मुसलमानहरूको बहुलआक्रमणपछि सन् १३५४ पछि मात्र कास्मिरमा विधिवत् इस्लामी शासन आरम्भ भयो | तर मुस्लिमहरूको हिन्दू विरोधी गतिविधिहरू सन् ८२३ देखि नै आरम्भ भएको थियो |

तुर्कहरूले सन् ८२५मा कास्मिरको मात्र होइन दक्षिण एसियाकै सबैभन्दा ठूलो र भब्य मार्तन्ड मन्दिरको विध्वसं गरेर आरम्भ गरेका थिए | सम्भवत: भारतवर्षमा मुस्लिमहरूले हिन्दू-बौद्ध मन्दिर विध्वंस गर्ने कामको अथ यहींबाट गरेको हुनुपर्छ |

हिन्दूहरूको दुर्भाग्य नै भन्नुपर्छ तेसपछि कास्मिरमा हिन्दू तथा बौद्ध सभ्यता तथा संस्कृतिउपर मुसलमानहरूले क्रमबद्ध आक्रमण गर्न थाले | सन् ८२५ देखि सन् १९४७ सम्मको अन्तरालमा केवल कास्मिरमा मात्रै लगभग १० हजार मन्दिर र गुम्वाहरू विध्वंश गरिए |

केही इतिहासकारहरूले जिसस क्राइस्टले समेत कस्मिरमा आएर वैदिक संस्कृतिको अध्ययन गरेको भनेर लेखेका छन् भने केही पश्चिमा इतिहासकारहरूले त झन् जिसस क्राइस्टको निधन नै कास्मिरमा भएको भनेर ठोकुवा गर्दै तेहा रहेको जिसस-क्राइस्टको समाधिस्थलको उल्लेख गरेका छन् |

लाखौंलाख कास्मिरी हिन्दुहरूलाई राज्यको शक्ति लगाएर धर्म-परिवर्तन गर्न नमान्नेहरूलाई निर्ममतापूर्वक हत्या गरियो | यो तत्थ्य कास्मिरको इतिहासकारहरूले उल्लेख गरेका छन् |

निसन्देह कास्मिर हिन्दूहरूको जन्मथलो, कर्मथलो र पुण्यथलो हो | हिन्दूहरू कास्मिरका आदिवासी हुन् | हिन्दू आदिवासीहरूमाथि आक्रमण गरेर तिनको वासस्थल खोस्ने काम मुसलमानहरूले गरेका हुन् | राष्ट्रसंघको आइएलओको धारा २७ ले हरेक आदिवासीलाई कुनै पनि बखत आफ्नो थाकथलो, भाषा र संस्कृतिका खोज्न, रंरक्षणका लागि मुद्दा हाल्न र वसोवास गर्ने अधिकार दिएको छ |

यदि राष्टसङ्घीय भाषामा बोल्ने हो भने कास्मिरका हरेक पाइलामा हिन्दू-आदिवासीहरूको अधिकार छ | तेहाको इतिहास तथाप्राचीन स्मारक, मन्दिर, पाटीपौवा, तीर्थस्थल, ठाउंका नाम र हिन्दूहरूको उपस्थितिले यो सबै तत्थ्य प्रमाणित गर्छ |

संयोग नै भन्नुपर्छ मल्ल राजा जयराजाको बेलामा वंगालको मुस्लिम सुल्तान समसुद्दिनले १३४५-१३४६ का बीचमा काठमाण्डौमा आक्रमण गरेर पशुपति नाथको मन्दिरसहित अनेकौं मन्दिर विध्वंस पारेको थियो |

त्यसैबेला उसले नेपालको सबैभन्दा ठूलो पुस्तकालयमा आगो लगाएको थियो जुन आगो छ महिनासम्म जलिरहेको भन्ने जनश्रुति आज पनि प्रचलित छ |

कास्मिरमा पनि पहिलो मुस्लिम राज्य सन् १३५४ मा सुल्तान सिकन्दरले आरम्भ गरेको थियो र पहिलोपटक हिन्दूहरू विरुद्ध “जजिया-कर” लगाएको थियो | मुस्लिम कानुनअनुसार मुस्लिम राज्यमा वसोवास गर्ने अमुस्लिमहरूले तिर्नु पर्ने कर नै जजिया हो |

काठमाडौँ उपत्यका र कास्मिर उपत्यकामा लगभग एकैसमयमा मुस्लिम लुटेराहरूको आक्रमणमा परेका थिए तर कास्मिर उपत्यकामा उनीहरूले सधैंका लागि आफ्नो कब्जा जमाए तर काठमाडौँ उपत्यकालाई लुटेर उनीहरू वाहिरिए |

त्यसैले गर्दा आज पनि काठमाडौँ उपत्यका मन्दिरहरूको शहर भनेर चिनिन्छ भने कास्मिरचाहिं मुस्लिम कट्टरपन्थीहरूका कारण विश्वभरी वदनाम छ | मैले हरेक मुस्लिम आतंककारी हुन्छ भन्दिन तर धेरैजसो आतंकवादी मुस्लिम नै हुन्छन् भन्ने तत्थ्यमा शंका गर्नु पर्दैन |

आज भारतीय कास्मिर चर्चामा छ किनभने मुस्लिम कट्टरपन्थीहरू भारतसंग (हिन्दूहरूसंग) मिलेर वस्न चाहन्नन् | पाकिस्तान र चीनले कब्जा गरेका कास्मिरी भूभागमा हिन्दू तथा बौद्ध जनसंख्याको खोजखवर गर्ने फुर्सद तथाकथित मानवाधिकारवादीहरूसंग छैन |

कास्मिरबाट विस्थापित भएका हिन्दूहरूले त जसोतसो आफ्नै देशमा शरणार्थी बनेर जीवन यापन गरिरहेका छन् तर मलाई विश्वास छ, पाकिस्तानी कस्मिरका हिन्दूहरूको सामुहिक हत्या गरेको हुनुपर्छ वा जवरजस्ती मुसलमान बनाइएको हुनुपर्छ | बाल्टीस्तान र पाकिस्तानी कास्मिरका हिन्दूहरूको खोजिनिधि हुनुपर्छ कि पर्दैन ?

पाकिस्तान र चीनले कब्जा गरेका कास्मिरी भूभागमा हिन्दू तथा बौद्ध जनसंख्याको खोजखवर गर्ने फुर्सद तथाकथित मानवाधिकारवादीहरूसंग छैन |

एकजना मान्छे पनि मारिनु हुँदैन त्यो चाहे भारतीय सेनाबाट होस् अथवा मुस्लिम अतिवादीहरूबाट | तर पाकिस्तानले कास्मिरबाट जवरजस्ति विस्थापित गरिएका र गरिंदै हिन्दूहरूका विषयमा एकशब्द पनि चुइक्क न बोल्ने तर जहिले पनि मुस्लिमहरूका विषयमा रोइलो गरेर कास्मिरी मुस्लिम सहित विश्वका मुसलमानहरूको सहानुभूति प्राप्त गर्न खोज्नु वेइमानी हो |

कास्मिरका मुस्लिमहरूको लागि रोइलो गर्नुभन्दा पहिले पाकिस्तानले आफुले कब्जा गरेको कास्मिरमा हिन्दू तथा बौद्धहरूले कस्तो जीवन यापन गरिरहेका छन् भनेर जवाफ दिनुपर्छ |

इतिहासको ऐना हेरे पुग्छ, देवभूमि कास्मिरमा मुस्लिमहरूले आक्रमण गरेर शासन सत्ता हातमा लिएका दिन देखि तेहाका हिन्दूहरूले सधैं डर,त्रास तथा दासतामा बाँच्नु परेको छ | आधुनिक तथा सभ्ययुगमा समेत १९८० को दशकबाट कास्मिरबाट तेहाका आदिवासी हिन्दूहरू जवरजस्ती विस्थापित बनाइए | यस्तो

अमानवीय कार्यका लागि कश्मिरी मुसलमान अतिवादीहरूलाई उपेक्षा गर्न मिल्दैन | कास्मिरी हिन्दूहरू पुनस्थापन भए पनि मुस्लिमहरूले तिनलाई सहने छैनन् | वंगलादेश र पाकिस्तानका अल्पसंख्यक हिन्दूहरूले जे-जस्तो भोगिरहेका छन्, तिनै उदाहरणले कास्मिरी हिन्दूहरूको स्थिति स्पष्ट हुन्छ |

चारलाख कास्मिरी रैथाने हिन्दूहरूलाई जवरजस्ती शरणार्थी बनाउने आततायी हुन् देशभक्त होइनन् | यदि मोदीले ती आततायीहरूको सत्ताहरण गरेका छन् भने ठीकै गरेका छन्, उचित गरेका छन् |

हामी नेपालीका लागि कास्मिर भारतमा हुनुपर्छ कि पाकिस्तानमा यो दोस्रो दर्जाको विषय हो तर त्यहाँका रैथाने हिन्दूहरूको प्राकृतिक वासस्थल, रहनसहन, संस्कृति तथा मौलिकताको पूर्ण सुरक्षा हुनैपर्छ | मोदीले होस् वा इमरान खानले हिन्दूहरूको यो आदिवासस्थलको सुरक्षाको प्रत्याभूति गरेको हुनुपर्छ |

मोदीले नष्ट गरिएका वा वन्द गरिएका १० हजार मन्दिरहरू पुन: स्थापना गर्ने घोषणा गरेर शैव-शक्ति दर्शनको उत्पत्ति थलोप्रति सम्मान व्यक्त गरेका छन् | कास्मिरी मुस्लिमहरूको हिन्दूहरूप्रतिको ब्यबहार होस् वा कास्मिर तथा वंगलादेशमा बहुसंख्यक मुस्लिमहरूले हिन्दू तथा बौद्ध अल्पसंख्यकप्रति देखाउने अतिवादी क्रियाकलापलाई बुझेर/देखेर/जानेर नेपालीहरू पनि समयमै सचेत हुनुपर्छ |

अफगानिस्तान, पाकिस्तान र वंगलादेशको इतिहास र वर्तमान अवस्थामा हिन्दूहरूको दुरावस्थामा बुझेर पनि नबुझेजस्तो गर्ने हो भने भोली नेपाल पनि पाकिस्तान, कास्मिर वा वंगलादेशको बाटोमा हुनेछ |

अन्त्यमा, एउटा कुरा हामीले बुझ्नैपर्छ जव नेपालमा इसाई तथा मुस्लिमहरूको वहुमत हुने छ उनीहरू एकआपसमा सम्झौता गरेर हिन्दू संस्कृतिको नामोनिसान मेटाउने छन् |

अफगानिस्तान, पाकिस्तान र वंगलादेशको इतिहास र वर्तमान अवस्थामा हिन्दूहरूको दुरावस्थामा बुझेर पनि नबुझेजस्तो गर्ने हो भने भोली नेपाल पनि पाकिस्तान, कास्मिर वा वंगलादेशको बाटोमा हुनेछ |

नेपाली मुसलमान कास्मिरी जस्ता हुँदैनन् भनेर ढुक्क वस्नेहरू भ्रमित छन् | एकलवादी मुस्लिम र इसाईहरूलाई धर्म, संस्कृति तथा परम्पराको रक्षाका सवालमा कुनै पनि हालतमा विश्वास गर्नुहुँदैन| विश्वास गर्नेहरूले सधैं ठूलो विध्वंस वेहोर्नुपर्छ | इतिहासमा भरोसा नगर्ने मानवाधिकारवादीहरू र धर्मनिरपेक्षतावादीहरूलाई मेरा विचार नपच्लान्|सत्य धेरैलाई पच्दैन पनि |

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना