म ‘ओरिजिनल’ माओवादी होइन: प्रचण्ड



विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशलाई समृद्धि र बिकासको बाटोतर्फ अघि बढाउनका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएकाे छ । मोरङमा शुक्रबार आयोजित  शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयाे, ‘अहिले पनि  नेकपालाई कमजोर पार्ने खेल भइरहेको छ, पार्टीभित्रै नेताहरुबीच फुट सिर्जना गर्ने षडयन्त्र भइरहेको छ । ‘

उहाँले पार्टी एकतालाई बलियाे बनाएर मात्रै राष्ट्रलाई बलियाे बनाउन र समृद्ध नेपाल सुखी नेपालीकाे आकांक्षा पुरा गर्न सक्ने बताउनुभयाे । अध्यक्षले बिचार मिलेर नै पार्टी एकता भएकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘हामी अगाडि बढ्न खाेजीरहेका छाैं । अगाडि बढ्दा इतिहासलाई मेटेर हाेइन, इतिहासका राम्रा कुरालाई आत्मासात गरे अझ माथि उठ्ने हाे ।’ अध्यक्ष प्रचण्डले पार्टी एकताको रक्षा र पार्टी विधानको आधारमा चल्नुको बिकल्प नरहेको बताउनुभयाे ।

उहाँले यसअघिका अनुभवलाई आत्मसाथ गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने उहाँकाे भनाई थियाे । उहाँले एकतालाई आखाँको नानी जस्तै प्यारो मानेर अघि बढ्नुपर्ने भन्दै भन्नुभयाे, ‘अप्ठेरो छ, तर त्यही अप्ठेरोलाई चिर्दै अघि बढ्नुपर्छ । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीनसय ९५ जनाले गरे सगरमाथा आरोहण

काठमाडौं । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका

राजसंस्था कहिल्यै जनताको पक्षमा थिएनः महाचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको

डा. विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्व पौडेल नियुक्त भएका छन्

त्रिविको उपकुलपति छनोटका लागि समिति गठन

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका