बंगलादेशमा विद्यार्थीलाई जीवितै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला



बाङ्ग्लादेशको एक अदालतले एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत एप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो। उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर पर रहेको छ।

नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापकबाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ।

नुसरतको मृत्युको घटनाले बाङ्ग्लादेशलाई स्तब्ध बनाएको थियो। त्यसपछि उनलाई न्यायको माग श्रृ शृङ्खलाबद्ध प्रदर्शनहरू भएका थिए।

यस्ता खालका मुद्दाको किनारा लाग्न वर्षौँ लाग्ने गरेको बाङ्ग्लादेशमा नुसरतको मुद्दा अदालतले निकै छोटो समय भित्रै छिनिदिएको छ।

अभियोजनकर्ता हाफेज अहमदले संवाददाताहरूसँग कुरा गर्दै यो प्रकरणले “हत्या गर्ने कोही पनि बाङ्ग्लादेशमा सहजै उम्किन नसक्ने” तथ्यलाई प्रमाणित गरिदिएको बताए।

नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन्। त्यसको ११ दिनपछि गत एप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाइएको थियो।

त्यहाँ उनलाई बुर्का लगाएका चार-पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए। त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो।

प्रहरीका अनुसार उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरियो। उनले घटनाबारे दिएको जानकारीको भिडिओ उनका भाइले मोबाइल फोनमा रेकर्ड गरेका थिए।

केही आक्रमणकारीको नाम लिँदै उनले भनेकी थिइन्, “शिक्षकले मलाई छोएका थिए। म त्यो अपराधविरुद्ध सास रहुन्जेलसम्म लडिरहन्छु।”नुसरतको शरीरको ८० प्रतिशत भाग जलेको थियो। उनको चार दिनपछि मृत्यु भयो।यौन दुर्व्यवहार र यौनजन्य अपराध बाङ्ग्लादेशमा सामान्य रहेको छ।

एक्शन एडले गरेको एउटा अध्ययनअनुसार तयारी कपडा उद्योगमा काम गर्ने ८० प्रतिशत महिलाले यौन हिंसा देखेका वा भोगेका छन्।

तर नुसरतले जसरी प्रतिकार गर्नु सामान्य होइन। किनभने त्यसो गरेमा उनीहरूसँग नराम्रो व्यवहार गरिन्छ।नुसरत प्रहरीकहाँ समेत गइन्। उनको बयानलाई भिडिओमा समेत रेकर्ड गरियो जुन पछि सञ्चारमाध्यममा छ्यापछ्याप्ती हुन पुग्यो।

त्यसपछि प्रधानाध्यापकको रिहाइको माग गर्दै प्रदर्शनहरू भए। त्यो बेला नुसरतको परिवारमाथि आक्रमण हुन सक्ने चिन्ता बढेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेचबिखनमा परेका ९ युवतीको दिल्लीबाट उद्धार, बन्धक बनाई यौनधन्दामा लगाउने ३ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको

न्यायालयको मर्यादाक्रमसम्बन्धी ल्याइएको विधेयकप्रति बारको विरोध

काठमाडौं । नेपाल बार एसोसिएसनले राज्यको प्रमुख अङ्गका रुपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा

एलन मस्कद्वारा ट्वीटरको हालको मूल्य २० अर्ब डलर भएको दाबी

एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताएका छन् ।

अल्बानियाको टिभी स्टेशनमा बन्दुकधारीको आक्रमण, एकजनाको मृत्यु

अल्बानियाको राजधानी तिरानामा सोमबार बिहान अज्ञात बन्दुकधारीले भवनमा गोली चलाउँदा टिभि स्टेशनको परिसरमा