बंगलादेशमा विद्यार्थीलाई जीवितै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला



बाङ्ग्लादेशको एक अदालतले एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत एप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो। उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर पर रहेको छ।

नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापकबाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ।

नुसरतको मृत्युको घटनाले बाङ्ग्लादेशलाई स्तब्ध बनाएको थियो। त्यसपछि उनलाई न्यायको माग श्रृ शृङ्खलाबद्ध प्रदर्शनहरू भएका थिए।

यस्ता खालका मुद्दाको किनारा लाग्न वर्षौँ लाग्ने गरेको बाङ्ग्लादेशमा नुसरतको मुद्दा अदालतले निकै छोटो समय भित्रै छिनिदिएको छ।

अभियोजनकर्ता हाफेज अहमदले संवाददाताहरूसँग कुरा गर्दै यो प्रकरणले “हत्या गर्ने कोही पनि बाङ्ग्लादेशमा सहजै उम्किन नसक्ने” तथ्यलाई प्रमाणित गरिदिएको बताए।

नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन्। त्यसको ११ दिनपछि गत एप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाइएको थियो।

त्यहाँ उनलाई बुर्का लगाएका चार-पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए। त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो।

प्रहरीका अनुसार उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरियो। उनले घटनाबारे दिएको जानकारीको भिडिओ उनका भाइले मोबाइल फोनमा रेकर्ड गरेका थिए।

केही आक्रमणकारीको नाम लिँदै उनले भनेकी थिइन्, “शिक्षकले मलाई छोएका थिए। म त्यो अपराधविरुद्ध सास रहुन्जेलसम्म लडिरहन्छु।”नुसरतको शरीरको ८० प्रतिशत भाग जलेको थियो। उनको चार दिनपछि मृत्यु भयो।यौन दुर्व्यवहार र यौनजन्य अपराध बाङ्ग्लादेशमा सामान्य रहेको छ।

एक्शन एडले गरेको एउटा अध्ययनअनुसार तयारी कपडा उद्योगमा काम गर्ने ८० प्रतिशत महिलाले यौन हिंसा देखेका वा भोगेका छन्।

तर नुसरतले जसरी प्रतिकार गर्नु सामान्य होइन। किनभने त्यसो गरेमा उनीहरूसँग नराम्रो व्यवहार गरिन्छ।नुसरत प्रहरीकहाँ समेत गइन्। उनको बयानलाई भिडिओमा समेत रेकर्ड गरियो जुन पछि सञ्चारमाध्यममा छ्यापछ्याप्ती हुन पुग्यो।

त्यसपछि प्रधानाध्यापकको रिहाइको माग गर्दै प्रदर्शनहरू भए। त्यो बेला नुसरतको परिवारमाथि आक्रमण हुन सक्ने चिन्ता बढेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माओवादीले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरू गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने भएको

बेलायतमा आतङ्कवादविरुद्धको अनुसन्धानमा सात इरानीसहित आठ जना पक्राउ

लण्डन । बेलायती प्रहरीले आतङ्कवादविरोधी दुई छुट्टाछुट्टै अनुसन्धानमा सात इरानी नागरिकसहित आठ जनालाई

जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८०औँ वार्षिकोत्सवमा सहभागी हुन चिनियाँ राष्ट्रपति मस्को जाने

मस्को । चिनियाँ राष्ट्रपति सी चिनफिङ जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८०औँ

रासायनिक मलको अभाव हुने भएपछि प्राङ्गारिक र जैविक मल खोज्दै सरकार

काठमाडौँ । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको