नेपालमा चिनियाँ प्रभाव बढेको भन्दै अमेरिका चिन्तित



काठमाडौं । अमेरिकी संसद्को विदेश मामिलासम्बन्धी एक उपसमितिमा बोल्न उपस्थित अमेरिकी विदेश मन्त्रालयकी दक्षिण एवम् मध्य एशिया हेर्ने कार्यवाहक उपमन्त्री एलिस जी वेल्सले नेपालमा चिनियाँ प्रभावको कुरा उठाएकी छन् ।

एशिया तथा प्रशान्त क्षेत्रसम्बन्धी संसदीय उपसमितिमा दक्षिण एशियामा मानवअधिकारको अवस्थाबारे कार्यवाहक उपमन्त्री वेल्सले अमेरिकी सरकारका तर्फबाट मङ्गलवार आफ्नो लिखित भनाइ राखेकी हुन् ।

त्यसमा उनले नेपाल सरकारले तिब्बती धार्मिक समुदायप्रति प्रतिबन्धहरू बढाएको र सार्वजनिक रूपमा दलाई लामाको जन्मदिन मनाउन प्रतिबन्ध लगाएको बताइएको छ ।

उक्त उपसमितिमा दक्षिण एशियाका अफ्गानिस्तानबाहेक सबै सात देशबारे विस्तृत धारणा राखिएको थियो । त्यसमा नेपालमा धार्मिक स्वतन्त्रता अझै चुनौतीको रूपमा रहेको बताउँदै धार्मिक अल्पसङ्ख्यकहरू अझै जोखिममा रहेको समेत उल्लेख छ ।

अन्लाइन मिडिया सम्बन्धी ल्याउन लागिएका केही कानुनले नेपालमा अभिव्यक्ति स्वतन्त्रताका क्षेत्रमा अवरोध सिर्जना गर्न सक्ने भए पनि नेपाल सरकारले सर्वसाधारण नागरिकले उठाएका सरोकारलाई सुनेको समेत त्यसमा जनाइएको छ ।

त्यसमा नेपालले आफ्नो संविधानले सुनिश्चित गरेका अधिकार अनुकूल हुनेगरी कानुन बनाउने प्रक्रिया थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

नेपालकै पहिलो ग्वार्कोस्थित फ्लाइओभर उद्घाटन

ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा

बिपी राजमार्गमा राति सवारी साधन संचालनमा रोक

मन्थली । बिपी राजमार्गमा राति सवारी साधन संचलानमा रोक लगाइने भएको छ ।