मसँग भारत सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र छ, नागरिकता होइनः देवेन्द्रराज कँडेल



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले समाचारहरुमा आए जस्तो आफ्नो भारतीय नागरिकता नभएको बताएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सांसद कँडेलले भारतीय नागरिकता भएको भनि आएको समाचारको खण्डन गरेका हुन् ।

पत्रकार सम्मेलनमा कँडेलले आफ्नो नाममा भारतीय भूमिमा कुनै जमिन वा मतदाता परिचयपत्र भएको प्रमाणित गर्न चुनौती दिएका छन् ।

कँडेलले नवरलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी हजुरआमाले स्थापना गरेको राधाकुमारी इन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको दाबी गरे ।

पत्रकार सम्मेलनमा नेता कँडेलले आफूसँग भारत सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र रहेको बताए । उनले भएको सवारी चालक अनुमति पत्र भारतमा अध्ययन गरेको समयमा शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा बनाएको स्पष्ट पारे ।

कँडेलले पत्रकार सम्मेलनमा आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा आफूविरुद्ध नेपाली नागरिकले भारतीय संघसंस्थामा अध्यक्ष हुन नपाउने भनेर मुद्दा चलिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेरावालसँग बढी महसुल असुलेमा अब लाइन काटिने

काठमाडौँ । के तपाई अब विद्युतीय सवारीसाधन प्रयोग गर्ने सोंचमा हुनुहुन्छ ? त्यसका

कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ

एपिएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौं । प्रधानमन्त्रीकप टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। बुधबार

६४ जिल्लामा एमालेको नेतृत्व चयन

काठमाडौं । नेकपा एमालेको ६४ जिल्ला अधिवशेन र दुई विशेष जिल्ला अधिवेशनहरु सम्पन्न