मसँग भारत सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र छ, नागरिकता होइनः देवेन्द्रराज कँडेल



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले समाचारहरुमा आए जस्तो आफ्नो भारतीय नागरिकता नभएको बताएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सांसद कँडेलले भारतीय नागरिकता भएको भनि आएको समाचारको खण्डन गरेका हुन् ।

पत्रकार सम्मेलनमा कँडेलले आफ्नो नाममा भारतीय भूमिमा कुनै जमिन वा मतदाता परिचयपत्र भएको प्रमाणित गर्न चुनौती दिएका छन् ।

कँडेलले नवरलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी हजुरआमाले स्थापना गरेको राधाकुमारी इन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको दाबी गरे ।

पत्रकार सम्मेलनमा नेता कँडेलले आफूसँग भारत सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र रहेको बताए । उनले भएको सवारी चालक अनुमति पत्र भारतमा अध्ययन गरेको समयमा शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा बनाएको स्पष्ट पारे ।

कँडेलले पत्रकार सम्मेलनमा आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा आफूविरुद्ध नेपाली नागरिकले भारतीय संघसंस्थामा अध्यक्ष हुन नपाउने भनेर मुद्दा चलिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

प्रचण्ड रोल्पाको थबाङ पुग्दा…

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल