सत्यनिरूपण र बेपत्ता छानविन आयोगमा सहमति खोज्न सत्तापक्ष र प्रतिपक्ष दलका शीर्ष नेताबीच छलफल



काठमाडौं । सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोग गठनबारेमा सत्तापक्ष र प्रतिपक्षका तीन ठूला नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको हो । सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार छलफल भएको हो ।

भेटमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा कुराकानी भएको बैठकमा सहभागी नेकपा नेता सुवास नेम्वाङले जानकारी दिए । यी दुवै आयोगमा पदाधिकारी नियुक्तिका लागि यसअघि नै संयोजक समिति गठन गरिएको छ । समितिले अझैसम्म कसलाई नियुक्त गर्ने भन्ने टुंगो लगाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न