ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी गरिएका नेकपाका सांसद पार्वत गुरुङ अदालतमा उपस्थित



काठमाडौं । ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टीका सांसद काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनपछि राजधानीको गौशालामा एकजनामाथि गम्भीर घाइते हुने गरी भएको आक्रमणको घटनामा गुरुङविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो । गुरुङमाथि लागेको अभियोगबारे अदालतमा आजै बयान हुने भएको छ ।

अदालतले प्रहरीलाई गुरुङलाई पक्राउ गरी कात्तिक १४ गतेभित्र उपस्थित गराउन भनेको थियो । तर गुरुङ म्यादअगावै उपस्थित भएपछि अदालतमा उनको आजै बयान हुनेछ । दोलखाकै विश्वध्वज खड्काले जाहेरी मुद्दामा जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको थियो ।

यो घटनामा आरोप प्रमाणित भएमा गुरुङलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ । २०७४ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि काठमाडौंका गौशालामा भएको सांघातिक आक्रमणको घटनामा संलग्न भएको अभियोगमा सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।

सांसद गुरुङले भने तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र रहँदा भएको घटनालाई लिएर पूर्वमाओवादीहरूले पूर्वाग्रह साँधेर आफूविरुद्ध मुद्दा दर्ता गरेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना परीक्षण शुल्क ३,८९९ रुपैयाँ लिने आठ वटा निजी प्रयोगशालाको निर्णय

काठमाडौं । कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाले सरकारले तोकेको शुल्कमा परीक्षण गर्न नसक्ने

थप १५७३ जनामा कोरोना संक्रमण, ८८५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको

भण्डारीलाई नार्कको कार्यकारी निर्देशकमा नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा दीपक भण्डारी नियुक्त भएका

हिमालयको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय यथास्थितिमा राख्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध