ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी गरिएका नेकपाका सांसद पार्वत गुरुङ अदालतमा उपस्थित



काठमाडौं । ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टीका सांसद काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनपछि राजधानीको गौशालामा एकजनामाथि गम्भीर घाइते हुने गरी भएको आक्रमणको घटनामा गुरुङविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो । गुरुङमाथि लागेको अभियोगबारे अदालतमा आजै बयान हुने भएको छ ।

अदालतले प्रहरीलाई गुरुङलाई पक्राउ गरी कात्तिक १४ गतेभित्र उपस्थित गराउन भनेको थियो । तर गुरुङ म्यादअगावै उपस्थित भएपछि अदालतमा उनको आजै बयान हुनेछ । दोलखाकै विश्वध्वज खड्काले जाहेरी मुद्दामा जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको थियो ।

यो घटनामा आरोप प्रमाणित भएमा गुरुङलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ । २०७४ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि काठमाडौंका गौशालामा भएको सांघातिक आक्रमणको घटनामा संलग्न भएको अभियोगमा सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।

सांसद गुरुङले भने तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र रहँदा भएको घटनालाई लिएर पूर्वमाओवादीहरूले पूर्वाग्रह साँधेर आफूविरुद्ध मुद्दा दर्ता गरेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेठ १० देखि २५ गतेसम्म नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो बन्द गरिने

काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि दिउँसो सडक बन्द गरिने भएको छ ।

यस्तो छ तुवाचुङ–जायजुम पदमार्ग

किरात समुदायको उद्गमस्थल मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायजुममा निर्माण गरिएको पर्खालसहितको

तीनसय ९५ जनाले गरे सगरमाथा आरोहण

काठमाडौं । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका

राजसंस्था कहिल्यै जनताको पक्षमा थिएनः महाचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको