महरालाई आज फेरि अदालत उपस्थित गराइँदै



काठमाडौं । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज फेरि अदालतमा उपस्थित गराइँदैछ ।

उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालदमा उपचार गराइरहेका महरालाई प्रहीले आज फेरि अदालत लैजान लागेको हो । यसअघि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको थियो ।

तर स्वास्थ्यमा समस्या देखिएको भन्दै महराले प्रहरीसमक्ष बयान दिन इन्कार गरेपछि आज फेरि म्याद थप्ने तयारी रहेको बताइएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि जिल्ला अदालतको अनुमतिमा प्रहरीले महरालाई गत असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो । दसैं बिदापछि अदालत खुलेसँगै महरालाई अदालतमा उपस्थित गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीनसय ९५ जनाले गरे सगरमाथा आरोहण

काठमाडौं । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका

राजसंस्था कहिल्यै जनताको पक्षमा थिएनः महाचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको

डा. विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्व पौडेल नियुक्त भएका छन्

त्रिविको उपकुलपति छनोटका लागि समिति गठन

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका