फेरियो देउवाको बोली, अलमविरुद्ध ’षड्यन्त्र भयो’ भनेर नभनेको दाबी



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलमबारेको विवादस्पत अभिव्यक्तिपछि बोली फेरेका छन्। उनले शनिबार विज्ञप्ति जारी गर्दै आफूले मोहम्मद आफताव आलमको मुद्दामा ’षड्यन्त्र भयो’ नभनेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा गरेको प्रशिक्षण कार्यक्रमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि शनिबार विज्ञप्ती जारी गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले आफूले त्यस्तो भन्न नखोजेको दाबी गरेका छन् । उनले कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने विषयतर्फ मात्रै संकेत गरेको दाबी गरेका छन् ।

‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ। तर, कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन’ देउवाले जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै एक करोड भन्दाबढी ठगी गरेको आरोपमा युवती पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला

फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभई गरिबी हटानुपर्ने

कुटपिटको विरोधमा सडकमा निस्किए चिकित्सक(फोटोफिचर)

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार

अभियन्ता ईः ले उठाएका मागमा कमल थापाको ऐक्यबद्धता

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जवाफदेहीताको माग गर्दै आठ दिनदेखि लगातार