दुई देशबीच सीधा हवाई सेवा सुरु गर्न राष्ट्रपति भण्डारीसँग नेपाली मूलका बर्मेली नागरिकको माग



म्यान्मारको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाली मूलका बर्मेली नागरिकले दुई देशबीच सीधा हवाई सेवा सुरु गर्न माग गरेका छन्।

शुक्रवार म्यान्मारको पे-उ-लिन नगरमा नेपालीभाषीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेकी भण्डारीसँग उक्त माग राखेको म्यान्मारस्थित नेपालीभाषी बर्मेली समुदायका नेताहरूले बताएका छन्।

अखिल म्यान्मार देशीय गोर्खा हिन्दू धार्मिक सङ्घका अध्यक्ष सागर घिमिरेका अनुसार नेपाल र म्यान्मारबीच सम्पर्क बढाउन सीधा हवाई सेवाको माग राखिएको हो।

“हामीले कार्यक्रममा उहाँलाई नेपाल र म्यान्मारबीच सीधा हवाई सेवा र म्यान्मारबाट नेपाल जानेहरूका लागि नि:शुल्क प्रवेशाज्ञाको व्यवस्था गरिदिन माग गरेका छौँ,” उनले भने। नेपालीभाषीहरूले यस्तो माग राखेपछि राष्ट्रपतिले त्यसका लागि पहल गर्ने आश्वासन दिएको सङ्घका सल्लाहकार मणिलाल पौडेलले बताए।

उनले अहिले सीधा हवाई सेवा नहुँदा त्यसको फाइदा अन्य मुलुकहरूलाई भइरहेकाले नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपालले पहल गर्नुपर्ने आफूहरूले बताएको जानकारी दिए।

पौडेलका अनुसार नेपालीभाषीहरूले नेपाल भ्रमण वर्ष सफल पार्न म्यान्मारमा विभिन्न अभियान चलाउने प्रतिबद्धता पनि जनाएका छन्।

नेपाली भाषी सङ्घसंस्थाका नेताहरूका अनुसार पछिल्लो जनगणना अनुसार म्यान्मारका विभिन्न क्षेत्रमा करिब दुई लाख नेपालीभाषीको बसोबास रहेको छ।

राष्ट्रपति भण्डारी बुधवार म्यान्मारको राजकीय भ्रमणमा गएकी हुन्। उनी आइतवार म्यान्मारबाट जापानका लागि प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

म्यान्मारका राष्ट्रपति विन मिन्तको निम्तोमा म्यान्मार गएकी उनले म्यान्मारको स्टेट काउन्सिलर आङ सङ सुचीलाई पनि भेटेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, सबैभन्दाबढी भारतीय

काठमाडौँ । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल

१३ वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल

कम महत्त्व दिइएको पोषक तत्त्व मस्तिष्कका लागि महत्त्वपूर्ण

यो यौगिकले हाम्रो संज्ञानात्मक क्षमता राम्रो बनाउन र चिन्ता कम गराउन महत्त्वपूर्ण भूमिका

२२.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना