मन्त्रिपरिषद पुनर्गठनका बारेमा कुरै भएको छैनः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले तत्कालका लागि मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको बताएका हुन् ।

उनले भने ‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौँ।’ सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने भएकोले यो प्रश्न आफूलाई नगर्न पनि पत्रकारलाई आग्रह गरे । ‘सरकार फेरबदलको कुरा के हो?’, प्रचण्डले भने ‘यो प्रश्न मलाई नसोध्दिए हुन्थ्यो भन्ने लाग्छ, यसमा ओलीजीले जे चाहनुहुन्छ त्यही हुन्छ।’

प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन भए सुदूरपश्चिमलाई प्राथमिकता दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य

काठमाडौं । १९ औँ एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी

वैवाहिक समारोहमा आगलागी हुँदा इराकमा कम्तीमा एकसय जनाको मृत्यु

बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु

कोशी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, सुनसरीमा मात्रै १९ हजार सङ्क्रमित

झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको

सुन तस्करी प्रकरणको आजदेखि थुनछेक बहस

काठमाडौँ । काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा