नेपाल कुनै पनि सैनिक गठबन्धनमा नलाग्ने



काठमाडौं । सरकारले चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपालको दुई दिवसीय राजकीय भ्रमण अभूतपूर्वरुपमा सफल भएको जनाएको छ । मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भ्रमणको बहुआयामिक महत्व रहेको र दुई देशबीच भएको २० बुँदे समझदारीपत्र त्यसैको उदाहरण भएको बताए ।

उनले भने, “चिनियाँ राष्ट्रपतिको भ्रमण, राजनीतिक रुपमा मात्रै नभई नेपालको आर्थिक समृद्धिको मार्ग्चित्र पहिल्याउन पनि सफल भएको छ । यसको प्रभाव दीर्घकालीन रुपमा समेत पर्नेछ ।”

विश्व शक्तिसमेत रहेको छिमेकी मुलुकसँग राम्रो सम्बन्ध हुनु नै खुशीको कुरा भएको स्पष्ट पार्दै उनले २३ वर्षपछि नेपालमा त्यस खालको उच्चस्तरीय भ्रमण हुनु नै ठूलो कुरा भएको बताउ । चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको छवि विश्वव्यापीरुपमा नै स्थापित हुन पुगेको र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत त्यसलाई चर्चा गरेको मन्त्री बाँस्कोटाको भनाइ छ ।

दुई देशका बीचमा कायम रहेको मैत्री सम्बन्ध थप प्रगाढ र उन्नत बनेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देख्नुभएको सपना पूरा हुने दिशामा केन्द्रित रहेको बताए । बाँस्कोटाले वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्पलाई साकार बनाउन पनि भ्रमण ऐतिहासिक भएको स्पष्ट पारे ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपाल र नेपाली जनताका लागिसमेत महत्वपूर्ण लाभ र उपलब्धि प्राप्त हुने उनको भनाइ थियो । नेपाल भूपरिवेष्टित नभई भूजडित हुनुपर्छ भनेर प्रधानमन्त्री ओलीले जोड दिँदै आउनुभएको सन्दर्भ जोड्दै मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति सीबाट पनि सोही खालको प्रतिबद्धता व्यक्त भएकामा त्यो विषयसमेत ऐतिहासिक भएको बताए ।

नेपाल र चीनबीच भएको सहमति तथा समझदारीले नेपाललाई समुद्रसम्मको पहुँच, हवाई मार्ग र यातायातमा सम्भावनाको ढोका खोलेको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

उनले दुई देशबीच भएको रणनीतिक साझेदारीको अर्थ अन्य कुनै गठबन्धन नभएको स्पष्ट पारे । नेपाल कुनै पनि सैनिक गठबन्धनमा नलाग्ने र असंलग्न परराष्ट्र नीति र पञ्चशीलताको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएकाले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई फरक कोणबाट व्याख्या गर्नुको कुनै अर्थ नभएको उनको प्रष्टोक्ति थियो ।

मन्त्री बाँस्कोटाले संसारका जुनसुकै देशका उच्चस्तरीय राजनेताको भ्रमणलाई नेपालले स्वागत गर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले वैशाख दश गते हुने उपनिर्वाचनमा चितवन २ मा रामप्रसाद

समाजवाद उन्मुख देशका मानिस आफ्ना खर खाँचोको लागि किन मिटरब्याजी समक्ष ऋण लिन जान्छन् ?

केशवप्रसाद भट्टराई । १. हामीसँग स्थानीय र प्रदेश सरकार पनि छन् तर उखु

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन

रसुवागढी नाका तीन वर्षपछि मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको