आँखा खोलेर त हेरौं सरकारले के गरेको छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन् । चाडबाडका अवसरमा पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीले सरकारले गरेका काम देख्न आग्रह गरेका हुन् ।

उनले भने, “सरकारले काम गरिरहेको छ। आँखा चिम्लेर होइन, आँखा खोलेर हेरौँ ।” हामीले समृद्ध नेपाल बनाउन चाहेका छौँ। विकासको बाटो समातेका छौँ। यो गतिलाई समाऊँ’, उनले भने, ’केही पनि भएन भन्नेहरूले आँखा चिम्लेर होइन, खोलेर भन्नुस्। घर, जागिर, गाडी र छोराछोरी विदेशमा पढाउने सम्भ्रान्त वर्गलाई फरक नपरेको होला तर बुढाबुढीलाई सोध्नुस्, फरक परेको छ कि छैन? उनीहरु सबैको बैंक खाता खोलिएको छ। सरकारी सुविधा गाउँ गाउँका बैंकमा पुगेको छ।’

ओलीले विकासको गति तीव्र भएको उल्लेख गरे। निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरा, कांग्रेस सांसद अफताब आलम र राजपा सांसद प्रमोद साह पक्राउ परेको तर्फ इंगित गर्दै प्रधानमन्त्रीले कानुनका नजरमा सबै बराबर हुने बताए ।

दुई ठूला छिमेकी देश भारत चीन विकासमा एकसाथ आएका उनको भनाइ थियो । ’भारतसँग प्रशारण लाइन बनाउने सहमति भएको छ। तराईको डुबान अन्त्य गर्नेबारे छलफल भइरहेको छ’, ओलीले थपे, ’सबै देशसँग समान व्यवहार गर्ने ठाउँमा पुगेका छौँ।’ नेपाल नेपालीले नै बनाउने उनको भनाइ थियो ।

नेपाल र नेपाली उच्च संस्कृतियुक्त मर्यादा भएको समाज भएको भन्दै उनले पछिल्लो समय त्यसलाई बिगार्न खोजिएको गुनासो गरे । ’सामाजिक सञ्जालका नाममा सुन्न हेर्नै पढ्नै नसकिने कुरा लेखिएका हुन्छन्, त्यो नेपाली संस्कृति होइन, यस्तो किसिमले कोही पनि अगाडि नबढौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार