‘हगिबिस’ आँधीपछिको जापान फोटोमा हेर्नुस्



हगिबिस आँधीले जापान तहसनहस भएको छ । सोमबारसम्म आँधीका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ । शक्तिशाली आँधी आएपछि जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ ।

जापान सरकारले उक्त हगिबिस आँधी ६० वर्ष यताकै शक्तिशाली भएको बताएको छ । हगिबिस आँधीका कारण राजधानी टोक्योको दक्षिणी भेगमा आएको बाढीका कारण जमीन भासिँदै गएको छ । र बाढी समेत आएको बताइएको छ ।

नगानो प्रान्तस्थित जापानको चर्चित बुलेट रेललाई पानीले घेरेको छ भने अलपत्र परेका स्थानीयलाई हेलिकप्टरको सहायताले घरका छानाबाट उद्धार गरिएको छ ।

सरकारले झण्डै सत्ताइस हजार सैनिक तथा अन्य कैयन् उद्धारकर्ताहरू पीडितलाई राहत पुर्याउन खटिएको जनाएको छ । टोकियोको उत्तरतर्फ पर्ने कावागोयमा आपत्कालिन उद्दारकर्ताहरूले नर्सिङ होममा फसेका मानिसहरूको उद्धारका लागि डुङ्गाको प्रयोग गरेका छन् । करिब चारलाख घरहरूमा विद्युत् आपूर्ति बन्द भएको बताइएको छ।

फोटो डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा उपनिर्वाचनका उम्मेदवार घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि

एमालेले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले वैशाख दश गते हुने उपनिर्वाचनमा चितवन २ मा रामप्रसाद

कराँचीमा खाद्यान्न वितरणका क्रममा भएको भागदौडमा नौ महिलाको मृत्यु

कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा भएको भागदौडमा १२ जनाको मृत्यु भएको

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला

क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेका छन्