हत्या आरोपमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम पक्राउ



रौतहट । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम पक्राउ परेका छन् । २०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोट सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा त्यहाँ केही मानिसको मृत्यु भएको थियो भने २३ जना भन्दा बढी घाइते भएका थिए ।

प्रमाण नष्ट गर्नका लागि घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा उनलाई प्रहरीले खोजी गरेको थियो ।

पहिलो संविधानसभामा उनी रौतहट क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । आलम नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति एवं पूर्व केन्द्रीय सदस्य समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका